पठाओको सेवा शुरु, टुटलले तयारी गर्दै



काठमाडौं । लकडाउनका कारण बन्द भएको ‘राइड सेयर’ सञ्चालन गर्ने कम्पनीहरुले सेवा शुरु गरेका छन् । तीन महिनाभन्दा बढी समय सेवा बन्द गरेका यी कम्पनीहरुले भने अब सेवा दिन थालेका हुन् ।

जसमध्ये अग्रणी कम्पनीमध्ये पठाओले सेवा सूचारु गरेको कम्पनीकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन् ।

पठाओ मात्रै हालसम्म ३५ लाख पटक डाउनलोड भएको छ भने यसमा १५ हजार राइडर आबद्ध छन् जसबाट ५ लाख मानिसहरु लाभान्भित भएको कम्पनीको भनाइ छ । कम्पनीले मोटरबाइक र ट्याक्सीबाट सेवा दिँदै आएको छ ।

यता टुटलले भने अहिले एप मात्रै अपटेड गरेको भन्दै सेवा शुरु गर्ने तयारी रहेको कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।

‘अरु कम्पनीहरुले शुरु गरिसकेको अवस्थामा हामीलाई पनि शुरु गर्नुपर्छ भन्ने भएको छ, तर आजसम्म शुरु गरेका छैनौं, अहिले हामीले एप अपडेट मात्रै गरेका हौं,’ उनले भने ।

यसअघि एप नै बन्द गरिएको थियो भने अहिले एप मोबाइलमा डाउनलोड गर्न सक्ने बनाएका छौं तर आजसम्म सेवा शुरु भने नभएको उनले जानकारी दिए ।

उनका अनुसार सेवा शुरु गर्दा सरकारले भनेको जोर-बिजोर प्रणाली अनुसार नै शुरु गरिनेछ ।


क्लिकमान्डु