एफवान सफ्टको ग्रुप सिओओमा पछाई नियुक्त



काठमाडौं । नेपालको आइटी उद्योगमा पायोनियर मानिएको एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा शिशिर पछाई नियुक्त भएका छन् ।

पछाइलाई बुधबार एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले औपचारिक रुपमा स्वागत गरे । मिडिया ग्रुपको १७ वर्षदेखि अपरेशनमा आफ्नो निरन्तर योगदान दिदै आएका पछाइ एफवान सफ्ट गु्रपमा आबद्ध भएसँग ग्रुपका कम्पनीहरुको अपरेशन हेर्नेछन् ।

सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो ।

सन् २००४ बाट सञ्चालनमा आएको एफवानसफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।


क्लिकमान्डु