‘फेसबुक एड बायकट’मा कोकाकोला र भाइबर पनि जोडिए, अर्बौ घाटा हुने संकेत



गत साता म्यासेजिङ एप भाइबरले फेसबुकसँगको सहकार्य तोडेको घोषणा गर्यो । विश्वका सबैभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक सञ्जाल फेसबुकसँगको लामो सहकार्य तोडेको घोषणा गर्दै भाइबरका सीइओ डिजामेल एगाउवाले फेसबुकले डाटा सुरक्षा गर्न नसकेको र हिंसात्मक सूचनालाई बढी जोड दिएको आरोप लगाएका थिए ।

१ अर्ब प्रयोगकर्ता रहेको भाइबरले फेसबुकसँग सहकार्य तोडेसँगै विभिन्न कम्पनीले पनि सहकार्य तोड्न शुरु गरिरहेका छन् । जसको सूची हरेक दिन निकै लामो हुँदैछ ।

कोरोना कहरको बीच अमेरिककामा एकजना नागरिकको मृत्यु भयो । अफ्रिकन अमेरिकन नागरिक जर्ज फ्लोडको प्रहरीको हिरासतमै मृत्यु भएपछि त्यसका विरुद्ध अमेरिकामा ठूलो आन्दोलन भयो । कैयन ठाउँमा हिंसात्मक घटना पनि भए भने त्यसलाई रोक्ने क्रममा प्रहरीबाट पनि कैयन गल्ती भए ।

जसलाई लिएर विश्वभर अमेरिकाको ठूलो आलोचना भयो । मानवअधिकारका ठूलो कुरा गर्ने अमेरिकामै कालाजाति भएकै कारण मृत्युवरण गर्नु परेपछि अमेरिकाको ठूलो आलोचना भएको थियो ।

उनको मृत्युपछि अमेरिकामा शुरु भएको आन्दोलन र त्यसबाट सिर्जित ‘हेट स्पिच’लाई सामाजिक सञ्जाल फेसबुकले रोक्न नसकेको कैयन कम्पनीहरुले आरोप लगाएका छन् ।

हालसम्म ४ सयभन्दा बढी कम्पनीहरुले फेसबुकमा गर्दै आएको विज्ञापनमा रोक्ने निर्णय गरिसकेका छन् । र, यो सूची बढ्दो क्रममा छ । जसबाट फेसबुकलाई हुने अर्बौ रुपैयाँ आम्दानी घट्ने अनुमान गरिएको छ ।

जसमध्ये अमेरिकाको कफी चेन कम्पनी स्टारबक्स कर्पले फेसबुकमा हुने विज्ञापन बन्द गरिसकेको छ भने अर्को कम्पनी युनिलिभरले फेसबुक र इन्स्टाग्रामसँगै ट्विटरमा समेत एक वर्षका लागि विज्ञापन बन्द गरिने उल्लेख गरेको छ ।

फेसबुकमा हुने विज्ञापन बन्द गर्ने अभियानमा जर्मनीको स्पोटर्सवेयर कम्पनी एडिडास एजीको रिबोक ब्राण्डको विज्ञापन जुलाइ महिनाभरी बन्द गर्ने निर्णय गरिसकेको छ । साथै कोलाकोला कम्पनीले पनि समर्थन नजाउँदै कम्तीमा ३० दिनका लागि विज्ञापन बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरी फोर्ड मोटर कम्पनीले पनि ३० दिनका लागि फेसबुकमा हुने सबै खाले विज्ञापन बन्द गर्ने निर्णय गरिसकेको छ । साथै कम्प्युटर निर्माता कम्पनी एचपी इंकले पनि फेसबुकमा हुने विज्ञापन बन्द गर्ने र सुरक्षित नहुँदासम्म नगर्ने निर्णय गरेको छ । साथै कम्पनीले आगामी दिनमा सामाजिक सञ्जालमा विज्ञापन गर्दा नयाँ रणनीति अपनाउने समेत बनेको छ ।

साथै योगावेयर उत्पादन गर्ने कम्पनी लुलुलेमोन एथलेटिक्स इंकले फेसबुक र इन्स्टाग्राम दुबैमा विज्ञापन बन्द गरिसकेको छ ।

त्यसका साथै लेभि स्ट्रारउस एन्ड कम्पनी, डियागो, कोलोरोक्स कम्पनी, भेरिजोन कम्युनिकेसन इंक, द नर्थ फेस, बेन एन्ड जेरीज, म्याग्नोलिया पिक्चर्स, पाटागोनिया, रकुटेन भाइबर चिपोटल मेक्सिकन ग्रिल इंकलगायतका कम्पनीले समेत फेसबुकमा विज्ञापन नगर्ने निर्णय गरिसकेका छन् । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु