चलाउन नजान्ने लगानीकर्ताले अनलाइन प्रणालीको बिरोध गरेः नेप्से सिइओ साउद



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन राम्रोसँग चालाउन नजान्नेले अनलाइन प्रणालीमा समस्या रहेको भन्दै बिरोध गरेको आरोप लगाएका छन् ।

‘अनलाइनको यूजर नेम, पासवर्ड लिएको छैन, बैंक इन्ट्रिग्रेसन गरेर कारोबार गरेको छैन । त्यस्ता लगानीकर्ताले समस्या छ भनेका छन्, समस्या छ कि छैन भनेर थाहा पाउन अनलाइनबाट कारोबार गरेर हेर्नु अनी मात्रै भन्नु,’ उनले भने ।

अहिले लगानीकर्ता प्रविधिमैत्री नभएको, यसको ज्ञान नभएको उनको तर्क छ । लगानीकर्ता प्रविधिक कुरा नजान्ने सबै ठाँउमा इन्टरनेट नभएको कारण पनि लगानीकर्तालाई समस्या भएको दाबी गरे ।

साउदले अब दोस्रो बजारमा प्लेटफर्म नभएर बजार बन्द गर्नुपर्ने परिस्थिति कहिल्यै पनि नआउने दाबी गरे ।

‘हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि आउँदैन’, उनले भने, ‘नेप्सेले प्लेट फर्म उपलब्ध गराउने हो । त्यो प्लेटफर्म उपलब्ध गराउन नसकेको कारण बजार बन्द गर्न नसक्ने कारण कहिल्यै आउने छैन । त्यसमा नेप्से प्रतिबद्ध रहेको छ ।’

यसअघि परीक्षणकारुपमा १ घन्टा थपिएको कारोबार समय घटाएर पुरानै अवस्थामा बजार खुलेको र आवश्यक परेको खण्डमा त्यो १ घन्टा पनि थपेर ११ देखि ४ बजेसम्म कारोबार गर्न सक्ने बताए ।

अहिले सार्वजनिक सवारी साधन नचलेको निजी सवारी साधनमा पनि जोर र बिजोर गरी चलेका कारण ११ देखि ३ बजेसम्म कारोबार समय तोकेको जानकारी गराए ।


क्लिकमान्डु