पाकिस्तानको स्टक एक्सचेञ्जमा आतंकवादी आक्रमण, ७ जनाको मृत्यु



काठमाडौं । पाकिस्तानको मुख्य सहर कराचीस्थित स्टक एक्सचेञ्जमा सोमबार आतंकबादी हमला भएको छ ।

उक्त हमलामा सबै ४ जना आतंकबादीको मृत्यु भएको छ भने प्रहरीतर्फ एकजना प्रहरी सव–इन्स्पेक्टर र २ जना सुरक्षा गार्डको आक्रमणमा मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार एक कारमा आएका ४ जना आतंकबादीले स्टक एक्सचेञ्जमा जानुभन्दा पहिला मुख्य ढोकामा हाते ग्रिनेड फालेको र स्थानीय सर्वसाधारणमाथि फायर गरेका थिए ।

सर्वसाधारणमाथि फायरिङ गरे पनि स्टकको पार्किङतर्फ जाने क्रममा प्रहरीले घेरा हालेका थिए । अहिले घटनास्थलमा संयौको संख्यामा प्रहरी परिचालन गरिएको छ । सोमबार स्टकमा मान्छेको भीड कम भएको पनि सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले उनीहरु चढेर आएको कारबाट ठूलो मात्रामा विस्फोटक पदार्थ बरामत गरेको छ भने खाद्यान्न पनि बरामत गरेको छ ।


क्लिकमान्डु