भन्सारको कारण यार्डमा नै बिग्रियो टेस्लाको विद्युतीय गाडी



काठमाडौं । नेपालमा टेस्लाको गाडी आएर विरगन्ज भन्सारमा थन्केको ६ महिनाभन्दा बढी भइसक्यो ।

नेपालमा टेस्लाको विद्युतीय गाडी नेपालमा श्रीमा डिष्ट्रिब्यूसन नेपाल प्रालिले भित्राएको थियो । आधिकारिक बिक्रेता बिना गाडी भित्राएको भन्दै भन्सार विभागले टेस्लाको गाडी छाड्न मानेको थिएन । श्रीमाले भने आफुले आधिकारिक बिक्रेता रुपमा नै गाडी ल्याएको दाबी गरेको थियो ।

श्रीमा डिष्ट्रियब्यूसनले सर्बोच्च अदालतमा रिट दायर गर्दै आफुले ल्याएको गाडी भन्सारबाट छुटाउनु पाउनु माग गरेको थियो । सर्बोच्चले श्रीमाको दाबी अनुसारको अन्तरिम आदेश दियो । श्रीमाको पक्षमा अन्तरिम आदेश जारी भएपछि त्यसलाई खारेज गर्न माग राख्दै भन्सार विभागले सर्बोच्चमा भ्याकेट दर्ता गर्यो । सर्बोच्चले भन्सार विभागले जारी गरेको अन्तरिम आदेश खारेज गर्ने माग अस्विकार गर्दै यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला गर्यो ।

शुक्रबार विरगन्ज भन्सार कार्यालयले यातायात व्यवस्था कार्यालय नारायणी पर्सालाई भन्सार जाँचपासको लागि एकजना मेकानिकल इन्जिनियर पठाइदिन अनुरोध गर्दै पत्र लेख्यो । पत्र आइतबार १२ बजेसम्मपनि यातायात व्यवस्था कार्यालय नारायणीमा दर्ता भएको छैन ।

शनिबार नै यातायात कार्यालय कोविन्द्र यादव गाडी भएको भन्सार कार्यालय पुगे । उनीहरुले गाडी चेकजाँच गर्दा गाडी बिग्रेको छ ।

यातायात कार्यालयमा कार्यरत यादवले क्लिकमाण्डूसँग भन्सार विभागका कार्यालय प्रमुखले बोलाएपछि आफु गाडी हेर्न गएको स्वीकार गरे ।
शनिवार भन्सारका कर्मचारीले टेस्लाको गाडी बिगार्ने काम गरेका छन् । सर्बोच्च अदालतले टेस्लाको गाडी जाँचपास गर्न भनेपनि जाँचपास गर्ने क्रममा नै गाडीलाई जबरजस्ती काम नै नलाग्ने बनेको छ । टेस्ला नयाँ प्रविधि युक्त गाडी हो । जुन गाडीलाई भन्सारका कर्मचारीले नियतबस नै बिगारे वा जाँचपास गर्ने क्रममा बिगारे त्यो भने खुलेको छैन ।

विगतमा भने गाडी छुटाउनको लागि भन्सार कार्यालयले यातायात कार्यालयको सहयोग लिने गर्दैनथ्यो । यातायात कार्यालयले पनि विगतमा गाडीको जाँचपास गर्नको लागि भन्सारले यातायात कार्यालयको सहयोग नलिने गरेको कुरा स्वीकार गरेको छ ।

विरगन्ज भन्सार कार्यालयका प्रमुख धुनिप्रसाद निरौलाले सर्बोच्चको अन्तरिम आदेश अनुसार गाडी जाँचपास गर्नको लागि प्राविधिक आवश्यक भएपछि यातायात कार्यालयको सहयोग लिएको बताउँछन् ।

‘मेकानिकल इन्जिनियर चाहिने भएपछि यातायात कार्यालयलाई पठाउन भनेको हो,विगतमा पनि प्राविधिक चाहिदा हामीले यसरी नै मगाउने गरेका थियौ,’उनले क्लिकमाण्डूसँग भने ।

उनले आफुलाई बिग्रे बिगारेको बारेमा थाह नभएको बताए ।


क्लिकमान्डु