विश्वभर १ करोडमा कोरोना संक्रमित, ५ लाखभन्दा बढीको मृत्यु



कोरोना भाइरसबाट विश्वभर संक्रमित हुने मानिसहरुको संख्या १ करोड पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर यतिबेला कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ८६ हजार ९६९ पुगेको छ ।

नेपालमा पनि गत बैशाखयता तीव्र गतिमा बढेको संक्रमितको संख्या यतिबेला १२ हजारभन्दा बढी पुगेको छ ।

तर खुसीको कुरा के छ भने संक्रमितमध्ये हालसम्म आधाभन्दा बढी अर्थात ५४ लाख ६४ हजार २७१ जना उपचारपछि निको भइसकेका छन् । यद्यपि संक्रमित भइ मृत्यु हुनेको संख्या ५ लाख १ हजार ३९३ छ ।

नेपालमा पनि हालसम्म २८ जनाको मृत्यु भइसकेको छ ।


क्लिकमान्डु