फेकनले शनिबार अष्ट्रेलियामा विद्यार्थीको अवस्थाबारे विज्ञ अनिता कुमारीसँग अन्तरक्रिया गर्ने



काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले शनिबार कोरोनाको महामारीबाट अष्ट्रेलियामा रहेका विद्यार्थीमा परेको असरबारे वेवनार आयोजना गर्ने भएको छ ।

संघकि उपाध्यक्ष गीता रिजालका अनुसार भिक्टोरिया राज्यले कोभिड-१९ महामारीको समयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई राज्यले गरेको सहयोगबारे भिक्टोरिया कलेजको साउथ एसिया शिक्षा प्रबन्धक अनिता कुमारीसँग संघका अध्यक्ष युवराज कटवालले अन्तरक्रिया गर्नेछन् ।

विगत १२ वर्षदेखि अन्तराष्ट्रिय शिक्षामा काम गरिरहेकि अनिता मेलवर्नमा काम गरिरहेकि छन् । वेवनार अन्तरक्रियामा कोरोनाले विद्यार्थीमा पारेको प्रभाव, अष्ट्रेला जान चाहने नेपाली विद्यार्थीले के गर्नेलगायत विभिन्न प्रकारका विद्यार्थीका जिज्ञाशा मेटाउने प्रयास गर्नेछिन् ।


क्लिकमान्डु