टेस्लाको विद्युतीय गाडी छाड्न सर्बोच्चको आदेश



काठमाडौं । टेस्लाको विद्युतीय गाडी छाड्न भन्सार विभागलाई सर्बोच्च अदालतले आदेश दिएको छ । टेस्लाको विद्युतीय गाडी श्रीमा डिष्ट्रियब्यूसन नेपाल प्रालिले नेपाल ल्याएको थियो ।

श्रीमा डिष्ट्रियब्यूसन गाडी छुटाउन माग राख्दै सर्बोच्च अदालत गएको थियो । सर्बोच्चले गाडी छुटाउने पक्षमा अन्तरिम आदेश दिएको थियो । त्यसको विरोधमा भन्सार विभागले जारी गरेको भ्याकेट खारेज गर्दै सर्बोच्च अदालतले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।

सर्बोच्च अदालतका न्यायधीशद्वय सपनाप्रधान मल्ल र पुरुषोत्तम भण्डारीको सयुक्त इजलाशले बिहीबार अन्तरिम आदेश खारेज गर्न माग गरेको भन्सार विभागको दावीलाई अस्विकार गरेको हो ।

सर्बोच्चले आयातकर्ताको आर्थिक क्षति भएको भन्दै गाडी छुटाउन भन्सार विभागलाई आदेश दिएको छ । सो अनुसार आगामी सातासम्ममा टेस्लाको गाडी भन्सार विभागले छाड्ने छ ।


क्लिकमान्डु