बिहीबार त्रिभुवन विमानस्थलमा भए १७ उडान, शुक्रबार १० वटा अन्तर्राष्ट्रिय उडान हुने



काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य गरी १७ वटा उडान भएका छन् । विमानस्थलका अनुसार १२ वटा अन्तर्राष्ट्रिय र ५ वटा आन्तरिक उडान भएका हुन् ।

अन्तर्राष्ट्रिय उडानमध्ये ३ वटा कार्गो उडान भएका छन् भने बाँकी ९ अन्य उडान भएका छन् । आन्तरिकतर्फ भने काठमाडौंबाट डोल्पामा २ वटा, धादिङमा कैलाश एयरले एउटा, मनाङ हेलीले खोटाङ र एयर डाइनेस्टीले सिमरामा एक/एक वटा उडान गरेका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट हिमालयन एयरलाइन्स आबुधावी र दोहा र नेपाल एयरलाइन्सका २ वटा उडान कुवेत र जजिरा एयरलायन्स कुवेतका लागि प्रस्तान गरेका छन् भने सारजहाबाट एयर अरेबिया, दोहाबाट कतार एयरवेज, दुबईबाट फ्लाइ दुबई, नारिताबाट नेपाल एयरलाइन्सका एक/एक उडान काठमाडौंमा अवतरण भएका छन् ।

त्यसैगरी बहराइनबाट २ वटा नेपाल एयरलाइन्सका दुईवटा उडान र क्वालालम्पुरबाट हिमालयन एयरलाइन्स काठमाडौं अवतरण गरेका हुन् ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय उडानतर्फ १० वटा उडान तालिका तय भएको छ । जसमा नेपाल एयरलाइन्सका ७ वटा उडान, श्री एयरलाइन्सको एउटा र हिमालय एयरलाइन्सका २ वटा उडान हुनेछन् ।


क्लिकमान्डु