योगगुरु रामदेवको चमत्कारः १६ रुपैयाँको सेयर ६ महिनामा १३७८ रुपैयाँमा पुग्यो



बाबा रामदेव नाम योगको लागि चर्चित छ । उनले योगको दुनियाको साथ आफ्नो छाप बनाए । यस समयमा उनी एक योग गुरुबाट सफल व्यवसायीको रुपमा चिनिएका छन् ।

उनले स्वदेशी उद्योगको नाममा यस्तो ब्राण्ड बनाएका छन् जुन व्यवसायमा अत्याधिक सफल भएको छ ।

सन् २०१९ को डिसेम्बरमा योगगुरु रामदेवले टाट पल्टिएको रुचि सोया कम्पनीलाई खरिद गरे । यसको लागि उनले ४३ अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी गरेका थिए ।

हेर्दा हेर्दै रुचि सोया भारतको टप १०० सूचिकृत कम्पनीमा पर्न सफल भयो । अहिले कम्पनीको बजार पूँजीकरण ४० हजार करोड भारतीय रुपैयाँ छ । जुन भारतका ठूला कम्पनी भनिएका टाटा मोटर्स र टाटा स्टील जस्ता दिग्गज कम्पनी बराबर पुगेको छ ।

रुचि सोयाको सेयर मूल्य हेर्ने हो भने जनवरी २० मा यसको मूल्य १६ रुपैयाँ २० पैसा थियो । बुधबार यसको सेयर मूल्य १३७८.४० पैसा पुगेको छ । पछिल्लो ६ महिनामा कम्पनीको सेयर मूल्य ८६ गुणाले बढेको छ । जुन हरेक दिन ५ प्रतिशतको बृद्धिको सर्किट ब्रेक लाग्ने गर्छ । अहिले रुचि सोयामा संस्थापक सेयरको स्वामित्व ९९.०३ प्रतिशत छ । जबकी ०.९७ प्रतिशत स्वामित्व मात्र पब्लिकमा छ । रामदेवले कम्पनी खरिद गरेपछि अत्याधिक डिमाण्डको कारण कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।

रुचि सोयामा पतन्जली आयुर्वेद कम्पनीको ४८.२० प्रतिशत,दिव्य योग मन्दिरको २०.३० प्रतिशत पतन्जली परिवहनको १६.९० प्रतिशत पतन्जली ग्रोमउद्योगको १३.५० प्रतिशत स्वामित्व छ । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु