काठमाडौं महानगरभित्र कति सम्पत्ति हुनेले कति कर तिर्नुपर्छ ? यस्तो छ नयाँ व्यवस्था (सूचिसहित)



काठमाडौं । तपाईं काठमाडौं महानगरपालीकाभित्र बसोबास गर्नुहुन्छ भने तपाईंका लागि यो समाचार सर्वाधिक चासोको विषय हो ।

किनभने तपाईंले दुखजिलो गरेर जोडेको सम्पत्तिमा महानगरले तपाईंसँग कति कर असूल्छ ? यो समाचार बढेपछि तपाईंले त्यसको विस्तृत जानकारी पाउनुहुन्छ ।

महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै आर्थिक विधेयक पनि सार्वजनिक गरेको छ । आर्थिक विधेयकमा महानगरले तपाईंको कति सम्पत्तिमा कति कर असूल गर्ने भनेर उल्लेख गरेको छ ।

आर्थिक विधेयकअनुसार तपाईंसँग १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने तपाईंले आर्थिक वर्ष २०७७/७८ मा मूल्यको ०.०१० अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत महानगरलाई तिर्नुपर्छ ।

त्यसैगरी, २ करोडको घरजग्गा छ भने २५ सय, ३ करोडको छ भने ४५ सय ४ करोडको छ भने ८५ सय, ५ करोडको छ भने १४ हजार ५ सय, ६ करोडको छ भने २४ हजार ५ सय, ८ करोडको छ भने ८४ हजार ५ सय, १० करोडको छ भने १ लाख ७४ हजार रुपैयाँ सम्पत्ति कर तिर्नुपर्छ ।

१० करोड रुपैयाँभन्दा माथि मूल्यपर्ने समपत्ति छ भने जतिसुकै भएपनि मूल्यको ०.६० प्रतिशत कर तिर्नुपर्छ ।

महानगरले कोरोना भाइरसका कारण सम्पत्ति करमा १० प्रतिशत छुट दिने स्किम पनि ल्याएको छ । जसअनुसार ०७७ पुस मसान्तभित्रमा दाखिला गर्नेले तिर्नुपर्ने रकमको १० प्रतिशत छुट पाउनेछन् ।

तर बक्यौतामा भने यो छुट लागू नहुने महानगरले जनाएको छ ।

तयसैगरी, सर्वसाधारणको पार्किङ प्रयोजनका लागि व्यावसायिकरुपमा निर्माण गरिने भवनको हकमा निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्पत्ति कर नलिने महानगरले जनाएको छ ।


पुष्प दुलाल