आन्तरिक पर्यटन सूचारु व्यवासायीको माग, यस्तो छ पर्यटन बोर्डले ल्याएको प्रोटोकल



काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र सञ्चालनका लागि गाइडलाइन्स सार्वजनिक गरेको छ । सरोकारवाला निकायसँगको सहयकार्यमा समग्र पर्यटन क्षेत्र सूचनारुका लागि स्वास्थ्यसँग सम्बन्धित प्रोटोकल ल्याइएको नेपाल पर्यटन बोर्डका सीइआ डा. धनञ्जय रेग्मीले जानकारी दिए ।

‘महामारीका बीच पनि अब पर्यटन क्षेत्र सञ्चालन गर्न सकिएन भने अझ ठूलो समस्या सिर्जना हुने बताउँदै सञ्चालनका लागि मापदण्ड बनाइएको हो,’ रेग्मीले भने ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन क्षेत्र सूचारु गर्नका लागि प्रोटोकल ल्याएकोमा धन्यवाद दिँदै अब सेवामूलक मात्रै नभए सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । अब राज्य, निजी क्षेत्र र जनता एकैठाउँमा भएर काम गर्नुपर्नेमा जोड दिए ।

अहिले नेपालमा पर्यटन उद्योग कष्टकर अवस्थामा रहेको भन्दै आफै पनि बच्नुपर्ने चुनौती भएको र राज्यको आर्थिक अवस्थालाई पनि बचाउनु पर्ने अवस्था आएको उनको भनाइ छ ।

‘पर्यटन उद्योग मात्रै नभएर गतिशिल प्रक्रिया भएकाले लामो समयसम्म बन्द गर्न सकिन्न, यसलाई खिया लाग्ने अवस्थामा लैजाने हो भने यसले राज्यलाई आर्थिकरुपमा ठूलो घाटा हुन्छ,’ उनले भने ।

बोर्डले सार्वजनिक गरेको प्रोटोकलमा ६ वटा बुँदा समावेश गरेको छ । जसमध्ये पहिलो नम्बर रि–स्टार्ट प्रोटोकल भनिएको छ । जसमा रि–इट्री मोडदेखि पहिलो फेजहुँदै तेस्रो फेजसम्म प्रोटोकल उल्लेख गरिएको छ ।

त्यसका साथै होटल, रेष्टुराँ, पर्यटन कार्यालय व्यवस्थापन, यातायात सेवाप्रदायकलाई र टुर र एड्भेञ्चर गतिविधि सञ्चालनका लागि प्रोटोकल उल्लेख छ । प्रोटोकलमा सुरक्षाको क्षेत्रमा ध्यान दिएको छ ।


क्लिकमान्डु