एसटीसी र जीएमबीएप बीच भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज (एसटीसी) र गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स (जीएमबीएफ) बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

एसटीसी र जीएमबीएफले ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने सम्बन्धी औपचारीक सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा एसटीसीका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र जीएमबीएफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यससँगै ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो-छरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त विस्वास राखिएको छ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ ।

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।


क्लिकमान्डु