स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर होम डेलिभरीमा गर्दै भोजडिल



काठमाडौं । स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर भोजडिल नेपालले खाजा र खानाका परिकार डलिभरी शुरु गरेको छ । तीन वर्षदेखि काठमाडौ उपत्यकाभित्रका विभिन्न रेस्टुँराबाट ग्राहकको रोजाइअनुसार घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी गर्दै आएको छ ।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेसँगै अनलाइन अर्डरको डेलिभरी सेवा रोकिएको थियो ।

असार १ गतेबाट लकडाउन खुकुलो भएसँगै ग्राहकको आवश्यकतालाई मध्यजनर गरी भोजडिलले पुनः अनलाइन डेलिभरी सेवालाई निरन्तरता दिएको हो।

कोभिड-१९ को त्राससँगै लकडाउनले घरैमा थन्कनुपर्ने बाध्यात्मक परिस्थितिमा स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर रेस्टुँराका परिकारहरु ग्राहकलाई घरैमा डेलिभरी गर्दै आएको भोजडिलका संस्थापक निकेत अग्रवालले बताए।

शुरुमा आफ्नो सेवा रेस्टुँराका परिकार डेलिभरीमा केन्द्रित भोजडिलले लकडाउनको विषम परिस्थितिमा ताजा तरकारी फलफूल र किराना सामान समेत डेलिभरी गर्दै आएको छ । साथै के एण्ड के सुपरमार्केटसँग व्यापार साझेदारी गरी किराना सामानको समेत डेलिभरी गर्दै आएको अग्रवालले जानकारी दिए ।

अनलाइन डेलिभरी सेवा पुन सुचारु गर्दा ग्राहक र कर्मचारी दुबैको स्वास्थ्य प्रती सजग हुँदै मास्क, ग्लोव्स र सेनिटाइजर मात्र नभई आवश्यक पीपीईको प्रयोग गरी कर्मचारी होम डेलिभरीमा खटिएको अग्रवालले बताए । कर्मचारीको नियमित स्वास्थ्य परिक्षण गरिने र सम्पुर्ण कर्मचारीको कोरोना बीमा समेत गरिएको बताइएको छ ।

ग्राहकहरुको सुविधा र स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै भोजडिलले इ-सेवा, खल्ती, फोन-पे, बैंक कार्ड, कनेक्ट लगायत माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ।

यसका साथै, भोजडिलले, पार्सल सेवाु समेत थप गरेको छ। सार्वजनिक तथा निजी सवारी नचलेको असहज परिस्थितिमा कागजात एवं आवस्यक सामान तथा गिफ्ट ग्राहकले काठमाडौँको एक ठाउँ बाट अर्को ठाउँ पठाउनुका लागि ग्राहक आफै बाहिर नजानुपर्ने र भोज मार्फत पार्सल गर्न सक्ने कम्पनीले बताएको छ।

अहिलेका स्थितिमा रेष्टुरेन्ट भित्र बसेर खान नपाउनेले भएकाले इक्छुक ग्राहकले आफै रेस्टुरेन्टबाट खान लिन जान चाहेमा भोज एपबाट अर्डर गरि टेक अवे रोज्दा आफु रेष्टुरेन्ट पुग्दा खाना खाजा प्याकिङ तयार भएको पाउन सक्नेछन।


क्लिकमान्डु