भारत-चीन विवादबीच चिनियाँ कम्पनीले भारतमा १०० करोड डलर लगानीको घोषण गर्यो



गत जुन १६ को विहान भारत र चीन सीमा गलवान उपत्यकामा तनाव बढ्न शुरु भइसकेको थियो । दिउँसोसम्म भारत र चीन सीमा विवादका क्रममा झडप हुँदा ३ जना भारतीय सैनिक मारिएको समाचार आयो ।

यो ब्रेकिङ समाचार आएको केही समयमै मेरो मेलमा एउटा इमेल आयो ।

जसमा एउटा घोषणा गरिएको थियो । जहाँ चिनियाँ मोटर कम्पनी जीडब्ल्युएम र भारतको महाराष्ट्र सरकारबीच एक सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । यसमा चरणबद्ध तरिकाबाट १०० करोड अमेरिकी डलरको लगानी हुने र यसबाट ३ हजार जागिर सिर्जना हुने उल्लेख गरिएको थियो ।

भारतमा चीनविरुद्ध पहिलेदेखि नै नकारात्मक माहोल बनिरहेको अवस्थामा मंगलबार सीमामा २० जना भारतीय सैनिकले ज्यान गुमाए । यस्तोमा उक्त कम्पनीको लगानी गर्ने निर्णय योभन्दा बढी खराब हुन सक्दैन ।

खासगरी यो सम्झौता १५ जुनमा भएको थियो । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले म्याग्नेटिक महाराष्ट्र क्याम्पेनका माध्यमबाट राज्यमा १६ हजार करोड भारु लगानी गर्ने घोषणा गरेका थिए । जसमध्येको एक लगानीकर्ता जीडब्ल्यूएमको नाम पनि थियो ।

के हो जीडब्ल्युएम ?
जीडब्ल्युएम अर्थात ग्रेट वाल मोटर्सको स्थापना सन् १९८४ मा भएको थियो । सन् २००३ मा यो कम्पनी हङकङ स्टक एक्सचेञ्जमा सूचिकृत भएको र त्यसपछि यसको सेयरमा कारोबार शुरु भएको थियो ।

फेब्रुअरीमा ग्रेट वाल मोटर्सले भारतमा प्रवेश गर्ने घोषणा गरेको थियो । हरेक दुई वर्षमा हुने दिल्लीको अटो एक्सपोमा यो कम्पनीले आफ्नो एसयूवी ब्राण्ड होउवेललाई देखाएको थियो । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार पनि देखाएको थियो ।

उक्त समयमा कम्पनीका एक उच्च अधिकारीले बीबीसी मराठी सेवालाई दिएको अन्तर्वार्तामा कम्पनीले छिट्टै पुणाको तालेगाउँमा जनरल मोटर्सको प्यालन्ट अधिग्रहण गर्ने जानकारी दिएका थिए ।

अमेरिकी कम्पनी जनरल मोटर्सको सेवरले ब्राण्डले सन् २०१७ मा भारतीय बजारबाट बाहिर निस्कने फैसला गरेको थियो । त्यसपछि गुजरातको हल्लोलमा कम्पनीको प्रोडक्सन प्लान्ट चीनको कम्पनी एमजी मोटर्सले खरिद गरेको थियो ।

जीडब्ल्युएम अब भारतमा यस्तो प्लान्टमा एड्भान्स रोबर्टको मद्दतले गाडी बनाउनेछ जसका लागि कम्पनीले क्रमैसँग १०० करोड अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको थियो ।

भारतको बैंग्लरुका साथै ७ देशमा रिसर्च तथा डेभलप्मेन्ट सेन्टर छन् । जसमा विश्वभरमा कम्पनीको १४ प्रोडक्सन फ्याक्ट्रि पनि छन् ।


क्लिकमान्डु