कोरोना महामारीबीच साढे १८ खर्ब लगानी ल्याएर मुकेश अम्बानीले कम्पनी बनाए ऋणमुक्त



कोरोना भाइरसको महामारीमा विश्वको अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक भइरहेका बेलामा भारतीय अर्बपति मुकेश अम्बानीले पनि ठूलो लगानी ल्याउन सफल भएका छन् ।

उनको कम्पनी रिलायन्स इन्ड्रस्टिज लिमिटेडमा फेसबुकसँगै १२ वटा कम्पनीबाट १८ अर्ब ४८ अर्ब रुपैयाँ लगानी ल्याएसँगै कम्पनीलाई लगानीकर्तालाई ऋणमुक्त बनाएका छन् ।

आरआईएलले ५८ दिनमा १.६८ लाख करोड भारु जुटाएको थियो । जसमा जियो प्लेटफार्मको हिस्सेदारी बिक्री तथा राइट्स इस्युका माध्यमबाट रकम जुटाइएको हो । जियो प्लेटफर्ममा विदेशी लगानीकर्ताले १.१५ लाख करोड भारु लगानी गरेका छन् । साथै राइट्स इस्यूबाट ५३ लाख १२ हजार ४२० करोड भारु रकम मिलेको छ ।

आरआईएलका अनुसार पेट्रोल–रिटेललाई लिएर बीपीसँग ज्वाइन्ट भेन्चरको प्रक्रिाय पूरा भएपछि कुल लगानी बढेर १.७५ लाख करोड भारु पुग्नेछ । ३१ मार्च २०२० सम्म आरआईएलमाथि १.६१ लाख करोड भारु ऋण थियो । यस्तोमा लगानीसँगै आरआइएल कर्जा मुक्त भएको छ ।

कम्पनीका मालिक मुकेश अम्बानीले सन् २०१९ अगस्ट १२ मा भएको ४२औं साधारणसभामा लगानीकर्तालाई कम्पनी ३१ मार्च २०२१ सम्ममा ऋण मुक्त बनाउने प्रतिबद्धता जनाएका थिए । तर उनले तोकिएको समयभन्दा अगाडि नै कम्पनीलाई ऋणमुक्त बनाएका छन् ।

कम्पनीमा फेसबुकले ९.९९ प्रतिशत सेयर खरिदका लागि ४३ हजार ५७३.७२ करोड भारु लगानी गरेको थियो । त्यस्तै, भिस्टा इक्विटी पार्टनर्सले २.३२ प्रतिशत, केकेआरले २.३२ प्रतिशत, मुबाडलले १.८५ प्रतिशत, जनरल अटलान्टिकले १.३४ प्रतिशत, सिल्भल लेक पार्टनर्सले १.१५ प्रतिशत, सिल्भर लेक अन्य लगानीकताएले ०.९३ प्रतिशत, पीआईएफले २.३२ प्रतिशत, एलकेटर टनले ०.३९ प्रतिशत, आवुधावी इन्भेस्टमेन्ट अथ्योरिटीले १.१६ प्रतिशत, टीपीजीले ०.९३ प्रतिशत गरी कम्पनीको कुल २४.७० प्रतिशत लगानी खरिद गरेका थिए ।- एजेन्सी


क्लिकमान्डु