महामारीको यात्रा र दुई पश्चाताप



२०७६ साल चैत्र १० गतेका दिनको काठमाडौँ – भैरहवा उडानको टिकट लिएको थिएँ ।

काठमाडौँमै व्यस्त रहनु परेकाले जन्मथलो पाल्पा नगएको पाँच महिना नाघिसकेको थियो । सुरुमा चीनको वुहानामा देखा परेको भनिएको कोरोना भाइरस ( कोविड १९) ले देशीय सीमा नाघेर सार्वादेशिक रुप लिइसकेको थियो ।सामान्यतः यसले नेपालमा प्रवेश नगरेको विश्वास थियो त्यसबेलासम्म ।तर जनमानसमा निकै सन्त्रास थियो ।मानिसहरु हतार हतार गर्दै काठमाडौँ उपत्यका छाडेर आफ्नो जन्मस्थानतर्फ लाग्ने हतारमा थिए ।

जावलाखेल र सिंहदरबारतिर काम परेकाले चैत्र ५ गतेसम्म सार्वजनिक बसमा यात्रा गरेको थिएँ ।बसहरु सदाजस्तो ठसाठस नभएको हुँदा मध्य फाल्गुनदेखि यात्रा सहज भएको थियो ।चैत्र छ गतेदेखि नौ गतेसम्म कतै गइन ।दश गतेका दिन बिहानै त्रिभुवन विमानस्थलतर्फ जाँदा अचम्मको दृश्य देखियो ।बसहरु एक्क़ादुक्का मात्र चलिरहेका थिए ।विद्यालयका परीक्षाहरु अघिल्लै दिन समाप्त भएको हुँदा सडकले अभूतपूर्व रुपमा आराम पाएको प्रतीत हुन्थ्यो ।

विमानस्थलमा अपार भीड थियो ।मानिसहरुको दोहोरो लाइन परैसम्म थियो ।त्यहाँको दृश्यले म हठात् स्तव्ध भएँ ।म बाहेक त्यहाँ उपस्थित सबैले मास्क लगाएका थिए ।मलाई किन्चित लज्जाबोध भयो र सङ्कोच पनि ।मैले यात्राका लागि भनेर किनेर ल्याएका दशओटा मास्क निवासमै छाडेंछु ।आफ्नो बिर्सने बानीप्रति क्षोभ पनि लाग्यो ।किन्तु जब लाइनमा अघि बढ्दै गएँ , मलाई थप अचम्म लाग्यो ।कुनै दूरी कायम नगरी अटसमटस गर्दै पङ्क्तिबद्ध मानिसहरुको मास्क सरेर नाकमुनि पुगिसकेको थियो ।अब मुखमा मात्र मास्क थियो , नाक स्वतन्त्र ।अलि एकक्षणपछि त प्रायःको मुखबाट पनि तल झरेर घाँटीको मालाको रुपमा शोभायमान हुन थाले ।

बोर्डिंङ् पास लिन लाइन लागेका नरनारीहरु कुरा गर्दा मास्क बाहिर निकाल्थे र चुप लाग्दा लगाउँथे ।काउन्टरमा बसेर सेवा प्रदान गर्ने कर्मचारीले अनुशासित ढङ्गले मास्क पहिरेको देखियो ।विमानस्थलभित्रको वातावरण उकुसमुकुस थियो ।बस्ने सिटको अभावमा धेरै मानिसहरु उभिइरहेका थिए ।माउन्टेन र अन्तर्राष्ट्रिय उडान नहुने हुँदा त्यो उकुसमुकुसबाट छिटै पार पाइयो ।विमानका सिटहरु खचाखच थिए ।आसन ग्रहण गरेपछि करिब सबै यात्रुहरुले मास्कको माला लगाएर गफ गर्न थाले ।प्रायः मास्कहरु मैला र थुक सिँगानले भरिएको प्रष्ट देखिन्थ्यो ।विमान परिचारिकाको मास्क लवाइ ‘पर्फेक्ट’ थियो ।

भैरहवा उत्रेपछि झनै तमासा देख्नु पर्यो ।सामान दिने ‘लोडर’ हरु सबैको मास्क घाँटीमा झुण्डिएको थियो भने प्रहरीहरुको मुखसम्म ।भैरहवा पुगेपछि थाहा भयो , नेपालमा पनि कोरोना छिरेछ ।अब मलाई प्रष्ट अनुमान भयो सके भोलि , नत्र पर्सिदेखि लकडाउन लाग्छ ।मसङ्ग दुई विकल्प थिए , एउटा अर्को उडानबाट काठमाडौँ फर्कने र अर्को जुनसुकै उपायले पाल्पा खस्यौली ( जन्मस्थान ) पुग्ने ।मैले दोस्रो विकल्प रोजें ।तर भैरहवा रबुटवलमा बस सेवा सुचारु थिएन ।यातायातमा ‘जनता कर्फ्यू’ लागेको थियो ।

भैरहवामा बहिनीको घरमा पुगेर सुस्ताउँदै टेलिभिजनमा समाचार हेरेपछि सबै कुरा छर्लङ्ग भयो ।मैले भान्जा सतिशलाई भनें ‘जसरी पनि मलाई खस्यौली पुर्याइदेऊ ।’ हामी खाना खाएर पाल्पातर्फ लाग्यौं ।म ‘नर्मल’ रहेको बहाना गरिरहेको थिएँ , तर मन शान्त थिएन ।मलाई डर लागिरहेको थियो ।मेरो डर मेरो आफ्नो स्वास्थ्यलाई लिएर थिएन ।कतै मेरो कारणले अरु पनि सङ्क्रमित हुने हुन् कि भन्ने चिन्ता थियो मलाई । जति समाचार सुन्दै गएँ , त्यति नै पश्चाताप हुँदै गयो ।कति मानिस विदेशबाट आए र कति आन्तरिक उडानबाट उपत्यका बाहिर गए के थाहा ।

दोभान पुग्दा प्रहरीले रोक्यो ।सबै यात्रुहरुलाई अत्यन्तै अव्यवस्थित तरिकाले लाइन लगाइएको थियो ।सबैसङ्ग मास्क थियो , तर जब उनीहरु प्रहरीको नजिक पुग्दथे , मास्क घाँटीमा झारेर कुरा गर्दथे ।पसिनाले लतपत मास्कहरु वास्तवमा घिनलाग्दा थिए ।तर यात्रुहरुसङ्ग विकल्प थिएन ।मास्क लगाउनु पर्छ भन्ने थाहा थियो , तर कसरी र कस्तो भन्ने थाहा थिएन ।यी मास्क पहिराइहरु मोटरसाइकल चालकले ट्राफिक प्रहरीलाई झुक्याउन लगाउने आत्मघाती हेल्मेट जस्ता थिए । प्रहरीले थर्मल स्क्यानरले सबैको जरो जाँचिरहेको थियो ।त्यहीबीचमा एकजना युवकले एउटा पर्चा दिए ।तिनाउ गाउँपालिकाबाट वितरित त्यो पर्चा निकै सूचनामूलक थियो ।

गाउँको वातावरण नै अर्कै १ टाढाटाढा रहेका घरहरु आफै ‘आइसोलेसन’ मा थिए । स्पेसको कमी थिएन , मानिस पनि थोरै ।गाउँको भेट गराइ र बसाइ पनि प्रायः पर परै हुने गर्दछ ।नेपाली गाउँमा विदेश , विशेष गरेर भारततिरबाट आउने व्यक्तिहरुबाट महामारी फैलिने डर छ ।गाउँमा खासै मास्क लाउन पर्दैन र खेती किसानी गर्नेलाई यो सुविधाजनक पनि हुँदैन ।

भारतबाट कोचाकोच गर्दै स्वदेश फर्केका व्यक्ति को सङ्क्रमित र को असङ्क्रमित स्वाभाविक रुपमा सबै शंकासपद हुने नै भए ।यसरी आउने कतिलाई सरकारले फेला पार्यो र कति सुटुक्क आएर घरभित्र पसे पत्तो पाउन गाह्रो छ ।यसरी आउने व्यक्ति कोही अज्ञानका कारण र कोही लापरवाहीका कारण सङ्क्रमण फैलाउन जिम्मेवार हुन पुगे ।व्यवस्थित क्वारेन्टाइन र शीघ्र परीक्षण रिपोर्टको अभावले गर्दा मानिसहरु झन सङ्क्रमित हुने र भागेर परिवारको शरणमा पुग्ने सम्भावना छ ।

खस्यौली पुगेको पचहत्तरौं दिन ।महामारीले सारा विश्वलाई आफ्नो चपेटामा लिइसकेको थियो ।नेपालमा लकडाउन सुरु भएको चौहत्तर दिन पूरा भएको थियो ।सहृदयी मित्रहरुको सद्भावले मलाई काठमाडौँ जाने गाडीमा ‘लिफ्ट’ मिल्यो ।गाडीमा चालक र म मात्र भएको हुँदा यात्रा सहज हुने भयो भनेर मनमनै ढुक्क थिएँ ।पचहत्तर दिनअघि पाल्पा आउँदा लकडाउनको घोषणा भएको थिएन , तर बाटो खाली थियो ।प्रायः पसल बन्द थिए ।फर्कंदा लक्डाउन थियो , तर सडक झन्डै भरिभराउ ।जिल्लाभित्र खुला छ भन्ने बुझेका मानिसहरु अत्यावश्यक काम नपरे पनि बाहिर निस्कने गरेको पाइयो ।यसो भेटघाट गर्न हिड्ने नेपाली बानीलाई महामारीले पनि रोक्न सकेन ।

घरबाटै खाना र पानी समेत लिएर आएको हुँदा मलाई कुनै समस्या परेन । गाडीभित्रै खाना खाइयो ।किन्तु बाहिरका दृश्यहरु हेर्दा केही पनि नभए जस्तो देखिने ।कतै मानिसहरु एकै ठाउँ भीड गरिरहेका , कतै ठूला ठूला ट्रकहरुमा सामान लोड भइरहेको ।लोड अनलोडको काम गर्ने ती मजदुरहरु को हुन् , कहाँ बस्छन , कहाँ जान्छन , के खान्छन के उनीहरुलाई कोरोनाबारे थाहा छ , थाहा भए पनि त्यसबाट जोगिन जे जे गर्नु पर्दछ , त्यो गर्ने क्षमता र सुविधा प्राप्त छ उनीहरुलाई रु मनमा कुरा खेलिरहे ।

सयौं हिन्दुस्थानी ट्रकहरुको लाइन छ राजमार्गभरि ।ती चालकहरु कहाँ बास बस्छन ? बास दिनेहरु कति सचेत छन् ? एक ठाउँमा प्रहरी चेकिंङको लागि रोकिनु पर्यो । वर(पिपलको छहारी भएको त्यस खुला ठाउँमा एउटा खट्यौलीमा बिरामीलाई सुताएर राखिएको थियो अलि पर ।एक जना वृद्ध भन्दै थिए (’यो दमको बिरामी हो ।अक्सिजन दिन भनी अस्पताल लगेको , कोही छुन तयार भएन । बरु हामी जति पनि मान्छे छौं , सबका सबलाई कोरोना लागे हुन्थ्यो ।बाँच्ने बाँच्थे मर्ने मर्थे ।सबै बराबर भएपछि त डाक्टरले हेर्दोहो , मृतकले मलामी पाउँदोहो ।’ अर्का सज्जन भन्दै थिए ( ‘मानिसहरु भन्छन , अरु केही कमाउन नसके पनि मलामी कमाउनु पर्छ ।तर खै रु मरेको दिन मानिसको प्रारव्धको खेला सकिन्छ , भाग्यको खेला सकिन्छ ।यहाँ त मरेपछि पनि नियतीको फैसला कुरेर बसेका छन् असङ्ख्य लासहरु ।अब मान्छेले खाना त के मर्ने बेलामा पानी र मरेपछि दागबत्ती पनि नपाउने दिन आउँछ । नेपालीको जीवनयात्रा त कठिन थियो नै , अब मृत्युयात्रा पनि कठिन हुने भयो ।’

प्रहरीको व्यवहार शालीन र नम्र थियो ।प्रहरीहरु हैरान र थकित देखिन्थे ।त्यसै त गर्मी याममा पूर्व (पश्चिम राजमार्गको तराई इलाकामा ‘ड्यूटी’ गर्नु सजिलो छैन , अझ यो सन्त्रास १ पसिनाले भ्यात्त भिजेको मास्क घाँटीमा झारेर बसेका थिए प्रहरी पनि , सर्वसाधारण पनि । भन्न सजिलो छ , तर गर्न कति गाह्रो छ भन्ने कुरा गर्नेलाई थाहा हुन्छ ।संसारका मै हुँ भन्ने देश र तिनका ‘विश्वप्रसिद्ध’ सरकारी पदाधिकारीलाई त कोरोनाले थेत्तर पारिसकेको छ भने नेपालको के कुरा । सरकारले चैत्र एघार गतेदेखि लकडाउन लागू गर्यो ।केही मानिसले भने ( सरकारले झुक्यायो , पर्याप्त समय नै दिएन ।एउटा भनाइ छ ( ‘आग लगी झुपडी डेढ घडी भद्रा’ झुपडीमा आगो सल्किसक्यो उता ज्योतिषी भन्छ ( ए पख पख १ अहिले साइत राम्रो छैन ।अझै डेढ घडी भद्रा बाँकी छ , त्यो सकिएपछि आगो निभाउन जानू क्ष्’ हाम्रा स्वास्थ्यकर्मीले राम्रै काम गरेका छन् , स्थानीय सरकारले पनि आफ्नो औकातले भ्याउने काम गरेकै छन् ।सुरक्षाकर्मीले जोखिम मोलेर काम गरेका छन् ।संघको सरकारले पनि गर्न खोजेकै देखिन्छ ।

के यो शङ्कट वास्तवमा त्यस्तै हो जति भन्ने गरिन्छ रु क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु , आइसोलेसनामा राखिएका सङ्क्रमितहरु र मृत्यु भएका मानिसहरुको नाम लुकाउनु नै पर्ने हो रु मानिस कतिसम्म करुणाहीन हुन सक्छ रु भारतमा सङ्क्रमितको परिवारप्रति नै घृणा गरेका उदाहरण छन् ।यस्तै यस्तै कारणले गर्दा यो रोग ज्यादै भयानक प्रतीत भएको हो ।यो जीवनको वास्तविकता बन्न लागिसक्यो , हामी भने झन झन ठूलो त्रास फैलाएर के गर्न खोज्दै छौं रु कहाँको यात्रा हो यो रु यसले मानव चोलालाई कता लाँदै छ रु जब यो जूसुकैलाई पनि लाग्नसक्ने बिमारी हो भने किन यतिविघ्न सन्त्रास फैलाइयो रु मानिस त अरु रोगले बढी मरेका छन् , तर यसलाई किन भयानक बनाइयो रु कोविडको डरले सधैभरि त्रासमा बस्न अभिशप्त जीवन कस्तो होला रु आवश्यक परहेज र सावधानी अपनाउन नजान्ने , तर भय पैदा भने गरिरहने प्रवृत्ति हावी हुनु किमार्थ राम्रो होइन ।

अहिले जसरी दर्दनाक रुपमा प्रस्तुत गरिएको छ , त्यसले भाविध्यको ‘कोरोना फ्री’ संसारलाई समेत असहज र डरलाग्दो बनाउने पक्का छ ।देशावरका सरकारहरुले आआफ्नो कमजोरी छोप्ने एउटा असल हतियार फेला पारेका छन् ।अबको लामै समयसम्म न त जनजीवन सहज हुनेछ न त सरकारलाई सजिलो हुनेछ ।नेपालको सन्दर्भमा भन्ने हो भने अनुमानित बाह्र पन्ध्र लाख युवाहरु देशभित्र प्रवेश गर्नु नै ठूलो चुनौती हो ।क्वारेन्टाइनहरु व्यभिचार र अनैतिक कार्यका केन्द्र बन्ने सम्भावना छ ।अहिले पनि किसान नै किसान बसोबास गर्ने गाउँमा खाने अन्न छैन ।एकाएक थपिएका पेटहरु कसरी भरिने हुन् रु कसैलाई थाहा छैन ।

यो एक अवसर पनि हो , किन्तु यसलाई अवसरको रुपमा भजाउन धेरै परिश्रम र सद्बुद्धिको आवश्यकता पर्नेछ ।प्रचारबाजी , आत्मश्लाघा , आत्ममुग्ध बयानबाजी र परिहासबाट सफल हुने दिन गए ।सरकार लाचारी पोख्न र आँसु बगाउन पनि तयार हुनु पर्छ ।अब ‘या गरिन्छ त्या गरिन्छ’ भन्नुभन्दा जनतालाई विनम्र अपील गर्नु आवश्यक छ ।साधन र शक्तिको सीमितता देखाउन लाज मान्नु आवश्यक छैन । इमान्दारीसाथ राष्ट्रिय वाध्यता प्रकट गर्न जनताको सरकारले सङ्कोच मान्नु जरुरी छैन ।हामी हाम्रो औकातबारे हामीबीचमै लुकामारी नखेलौं ।बाहिर जति ढाके पनि भित्र के के छ भन्ने कुरा सबैले जानेकै छन ।कुराको आवरणले भोको पेट भरिन्न ।राजनीतिक दलहरुले पनि सरकारले यो गरेन त्यो गरेन भनिरहनुभन्दा आफ्नो तर्फबाट के योगदान गरियो भन्ने कुरालाई मनन गर्नु आवश्यक छ ।चेतना फैलाउने र जनतालाई ढाडस र सान्त्वना दिने काम विपक्षी दलहरुको समेत हो ।

काठमाडौँ उपत्यका छिरेपछिको दृश्य सामाजिक सन्जालमा थाहा पाएजस्तो थिएन ।मैले देखेका सुन्दर तस्विरहरु त लकडाउनको पहिलो पन्ध्र दिनका रहेछन ।कोरोना फैलिने जस्ता जस्ता तरिकाहरु बताइएका छन् , ती सम्बन्धमा सावधानी अपनाइएको देखिएन । सरकारलाई गाली गर्दै सडकमा निस्केपछि बेलुका घर फर्कंदा रोगको भरिया बन्न सकिन्छ भन्ने होस राखेको देखिँदैन । ध्ज्इ ले निर्माण गरेका सावधानीका मानकहरु सम्पन्नहरुका लागि तयार पारेको जस्तो लाग्छ ।सम्पन्नहरु त धेरै समय टिक्न नसक्ने खालको मापदण्ड नेपालमा पूर्णतः लागू गर्न कति सम्भव छ रु अझ अनुशासनहीन भीडहरुले निम्त्याउने परिणति कस्तो हुने होला रु अनुमान मात्र गर्न सकिन्छ क्ष्

सागसब्जी किन्न जानै पर्यो , ग्यास मट्टीतेल चाहियो , दूध चाहियो , पानी नहुनेले किनेर ल्याउनै पर्यो । अफिसमा काम गर्ने अफिस र उद्योगमा काम गर्ने उद्योगमा काम गर्न जानै पर्यो । तर आवश्यक सावधानी आफै अपनाउनु पर्छ ।सरकार सहजकर्ता हो , पालनकर्ता त जनता नै हुन् , हुनुपर्यो ।बालबालिकाहरु घरमा थुनिएर बस्दाबस्दा हैरान भइसके ।शिशुहरुको बालापनको हरण भएको अवस्था छ आज । कोरोनाले चौध जना मर्दा एघार सयले आत्महत्या गरे । सयौं अक्सिजन नपाएर मरे , कति भोकले मरे होलान ।

यता छिरेर निवासभित्र पस्ने बेलामा मैले अनायास आफैलाई प्रश्न गरें ‘म घरमै क्वारेन्टाइनमा बसौं रु’ तर मायाको संसार त हो , नाति केटालाई देख्नासाथ बाटाभरिका सारा भावना अकस्मात तिरोहित भए ।हात( मुख धोएर कपडा ‘चेन्ज’ गर्ने बित्तिकै मैले यन्त्रवत शिशुलाई काखमा लिन पुगेंछु ।परिवारका कसैले पनि पनि मलाई रोक्न सकेनन ।हुन त म सुरक्षित नै छु भन्नेमा विश्वस्त थिएँ , तर यो महामारीमा कुनै पनि यात्रा र कुनै पनि व्यक्ति सुरक्षित छैन भन्ने सम्झंदा मन सिरिङ्ग भयो ।पछि मनमा प्रश्न उठ्यो ( मानिस बारम्बार गल्ती गर्दै पछुताउँदै गर्न जन्मेको हो रु बडेबडे विद्वान भन्छन( गल्ती नगरी सिकिन्न ।तर माया , क्रोध , सत्ता , यौन उत्तेजना आदि जस्ता कुराले गल्ती गराउने रहेछन ।विदेशबाट आएर आफ्नो गाउँको छेउमै क्वारेन्टाइनमा बसेका युवाहरु राति बास बस्न घर पुग्छन र बिहान फर्कन्छन भन्नेसम्मको हल्ला त्यसै चलेको होइन ।सरकारले विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्दा यो विषयलाई समेत विचार गर्नुपर्ने देखियो ।मलाई महसुस भयो , मानवले गल्तीबाट सिके पनि महाभारतको कर्णले जस्तो ऐन मौकामा बिर्सन अभिशप्त हुँदो रहेछ ।यो मेरो नितान्त व्यक्तिगत अनुभूति हो , सायद अरुले गल्तीबाट प्रचुर सिकेका पो छन् कि ।

अर्को दिन समाचार सुनें , कुनै प्रमुख जिल्ला अधिकारीका सवारीचालक ‘पोजिटिभ’ देखिए रे । प्रजीअको ड्राइभर असुरक्षित हुनु भनेको प्रजीअ असुरक्षित हुनु हो , अनि जनता समेत असुरक्षित हुनु हो ।म पनि त कुनै सवारीचालकले हाँकेको गाडीमा चढेरै आएको हुँ ।अनि मैले दुई हप्ता बाहिर निस्कदै ननिस्कने विचार गरें ।तर पनि मेरा परिवारका मानिस त बाहिर निस्केकै थिए ।मैले सकभर प्रयास गरे तापनि घरभित्रको मेरो गतिविधि पूर्णतः ‘एकान्त’ थिएन ।यो मेरो दोस्रो भयानक भूल थियो । त्यसैले जोजो जहाँजहाँ हुनुहुन्छ , साह्रै ठूलो विपत्तिमा परेको अवस्थामा बाहेक आफ्नो थातवास छाडेर नहिड्नुहोस् ।असुरक्षा कहाँनेर बसेको छ , कसैलाई थाहा छैन ।फिरन्ते व्यक्तिको कारण समुदायस्तरमा महामारी छिर्न सक्छ ।नेपाल सरकारले सामान्य अवस्थामा जस्तो कर्मचारी सरुवा गर्नु भएन ।सरकारी काममा ‘स्पेसलाइज्ड’ भनेर देखाइने कारणहरु पछि ‘जनरलाइज्ड’ हुँदै जाने चलन छ ।सरुवाले यात्रा बढाउँछ , यात्रा सबैभन्दा असुरक्षित क्रियाकलाप हो ।

हाम्रो संसदमा माननीयज्यूहरुले मास्क पहिरेको देख्दा उदेक लाग्यो ।एक्लै सुरक्षित ठाउँमा हुँदा मास्क लाउने , तर कोही नजिक आएर असुरक्षा बढ्दा मास्कको माला लगाएर बोल्नु पर्ने ।नारीमा उनेको मास्क चर्चाको विषय बन्यो । मास्क रक्षायन्त्र हो , किन्तु नारीमा उन्ने रक्षाबन्धन होइन ।मास्क झिक्ने र लाउने गरेको देख्दा लाग्यो ( माननीयज्यूहरुलाई कुन बेला कोरोना नजिक आउँछ र कुन बेला टाढा जान्छ भन्ने पनि थाहा रहेछ ।विशेषज्ञले भनेका छन् ( प्रयोग गरेको मास्क जथाभावी राख्नु र फाल्नु हुँदैन ।यो टाउकोमा लाउने हेल्मेट जस्तो होइन , जसलाई घर आएपछि फुकाल्यो , टेबलमा राख्यो र फेरि प्रयोग गर्यो ।एकपल्ट पहिरेको मास्क अवश्य धुनु पर्दछ । तर जिम्मेवार व्यक्तिले स्याट्ट मास्क फुकालेर कोटको खल्तीमा राख्दा कोट नै प्रदुषित भएन र रु यसबाट जनताले के बुझ्ने रु सम्बन्धितलाई लाग्ला , यो अनावश्यक हल्ला गरेका हुन ।तर हल्ला भनेका अनावश्यक नै हुन्छन र सौभाग्यवश कहिलेकाहीं तीतो औषधिको रुपमा आउँछन् ।असुरक्षित तरिकाले मास्क लाउनुभन्दा नलाउनु राम्रो हो ।

अन्त्यमा ( भारतको कोलकाता शहरमा लासलाई डोरीले बाँधेर घिसारेको दृश्य हृदयविदारक थियो ।तर यथार्थमा उनीहरु कोरोना ‘नेगेटिभ’ थिए ।दिल्लीका मुख्यमन्त्रीले जुलाईको अन्त्यसम्ममा दिल्लीमा मात्र करिब साढे पाँच लाख संक्रमित हुने अनुमान गरेका छन् ।यो नेपालको लागि पनि ठूलो ‘अलार्म’ हो ।भारत जस्तो साधनसम्पन्न देशमा केही सीप नलागेपछि उज्जैनका ‘जीला मजिस्ट्रेट’ ले कोरोना भगाउने ‘मन्नत’ माग्दै भगवानको पूजा गरे ।सुरुमा केही दिनमा सबै ठीक होला , विज्ञानले छिट्टै केही उपाय गर्ला भनेर अज्ञातमाथिको भरोसालाई स्थगन गरेकाहरु फेरि मन्दिर मस्जिदतर्फ जान थालेका छन् । यो आस्था हो , जानु पर्दछ , सन्तोष र शान्ति प्राप्त हुन्छ । तर विज्ञानले गर्ने काम अज्ञात शक्तिले गर्दैन । ढीलै भए पनि विज्ञानको भागको काम बिज्ञानले नै गर्नेछ ।पूजा , पाठ , योग , ध्यान आदिमा जम्मा हुँदा पनि दूरी कायम गरौँ ।कोरोना चेलामा मात्र होइन , गुरुमा पनि बसेको हुन सक्दछ ।कोरोनाका लागि सबै समान छन् । बालकृष्ण समको शब्दमा ( ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा ।


क्लिकमान्डु