काठमाडौं महानगरभित्र महिनाको एकदिन गाडी चलाउन नपाइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र महिनाको एकदिनका लागि भेहिकल फ्रि डे घोषणा गर्ने तयारी गरेको छ ।

बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले वातावरण जोगाउनका लागि एकदिन निजी सवारी साधन चलाउन नपाउने कार्यक्रम ल्याउने बताए ।

उनका अनुसार महिनाको एकदिन निजी सवारी साधनको प्रयोगलाई न्यूनिकरण गरिनेछ ।

साथै कोरोनाको महामारीको असर लामो समयसम्म रहन सक्ने सम्भावनालाई मध्यनजर गर्दै साइकलको प्रयोग बढाउने, मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ व्यवस्थित तथा चौडा पारिनेछ ।

भेहिकल फ्रि डेको दिन पैदलयात्रा, साइकललगायत सवारीलाई मात्रै प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्लिकमान्डु