नेपाल इन्भेष्टमेन्टले मुद्दा लडेर इटालीबाट फिर्ता पायो २ अर्ब रुपैयाँ



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एकवर्षभन्दा बढी इटालीमा मुद्दा लडेर आफुले पाउनुपर्ने करिब २ अर्ब रुपैयाँ फिर्ता पाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले पैसा फिर्ता आएको जानकारी दिए ।

‘सबै प्रक्रिया पुरा हुँदा एक वा दुईदिनभित्र हाम्रो खातामा सबै पैसा फिर्ता हुन्छ,’पाण्डेले क्लिकमाण्डूसँग भने ।

दुई चरणमा इटालीबाट बैंकलाई आउनुपर्ने पैसा फिर्ता आएको छ ।

तनहुँ हाइड्रोपावरको ठेकेदार कम्पनी ओअपरेटिभा मुराटोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) सीएमसी दि रेभेना सोसाइटाका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड ९एनआईबीएल०लाई ८५ करोड १४ लाख १६ हजार १२७ रुपैयाँ र युरो ८७ लाख ४९ हजार २३९ युरो ९कुल रकम २ अर्ब १० करोड रुपैयाँ० को काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

काउन्टर ग्यारेन्टीमा फसेको २ अर्ब उठेपछि इन्भेष्टमेन्ट बैंकका सीइओको खुसी- ठूलो खड्गो टर्यो

सम्झौता अनुसार काम नगरेपछि तनहुँ हाइड्रोले सीएमसीलाई ठेक्का सम्झौता रद्द गरेको थियो । त्यसपछि ग्यारेन्टी वापतको पैसा दिन इटालीको बैंकले अस्विकार गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंकले भने तनहुँ हाइड्रोलाई ग्यारेन्टी वापतको पैसा बुझाइसकेको थियो । असार मसान्तभित्रमा इटालीबाट पैसा नआएमा नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँ प्रोभिजन गर्नुपर्ने थियो । कोरोना संकटको बेला बैंकको लागि यो ठूलो समस्या हुने थियो ।

मुद्दा लडेर बैंकले पाउनुपर्ने सबै पैसा फिर्ता लिन सफल भएको छ

इटालीको अदालतबाट मुद्दा लड्नको लागि बैंकको करिब ५ करोड रुपैयाँ खर्च भएको छ । मुद्दाको सुनुवाईको लागि बैंकका सीइओ ज्योति पाण्डे नै इटाली गएका थिए ।

इन्टेन्सा सन्पाओला एसपीएमाथि बैंक ग्यारेन्टी राशीका लागि एनआईबीएलले माग दाबी गरेपछि उसले इटालीको ट्रिबुनल डे बोलोनाको आदेश भन्दै रकम भुक्तानीका लागि अस्वीकार गरेको थियो ।

लामो अदालती मुद्दापछि ट्रिबुनाले बोलांगाको पूर्णइजालसले ९ जुन २०२० ९२७ जेठ २०७७०मा यसअघिको इन्टेन्सा सन्पाओला एसपीएले एनआईबीएललाई बैंक ग्यारेन्टी रकम तिर्नबाट रोक्ने आदेशलाई खारेज गरेको हो । अदालतले अन्तरिम आदेश खारेज गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले पैसा फिर्ता पाएको हो ।


क्लिकमान्डु