राम्रा जलविद्युत कम्पनीको सेयर मूल्य राम्रै छः उर्जा मन्त्री पुन



काठमाडौं । उर्जामन्त्री वर्षमा पुनले राम्रा विद्युत आयोजनाहरु चिलिमे, माथिल्लो तामाकोशीको सेयर मूल्य राम्रो रहेको तर्क गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा विनियोजन विद्येयकमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले यस्तो तर्क गरेका हुन । उनले जलविद्युतका साथै अन्य क्षेत्रको सेयर मूल्यमा गिरावट आएको बताए पनि बताए ।

बैठकमा नेपालको पानी, जनताको लगानी अन्तर्गत धेरै नै आकर्षण बढेको बताए । आगामी दिनमा पनि त्यो विश्वास कायम राख्ने बताएका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत चालु आवमा नै सकिने गरि काम भइरहेको भएपनि लकडाउनको कारण पुरा हुन नसकेको बताएका छन् ।

लकडाउन लगायतको प्रभाव देखिएको भन्दै साउन, भदौमा केही यूनिट सञ्चालन गर्ने र आगामी आवको मध्यसम्ममा पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

आयोजना निर्माणमा समय लाग्दा १४ अर्ब भन्दा बढी ब्याजमा नै गएको बताए । लागत अनुमान र ब्याजका कारण आयोजनाको लागत बढेको बताए । भूकम्पनीले २ वर्ष पछि सरेको र लकडाउनको कारण ५,७ महिना ढिलो भएपनि यस्तो मध्येको आयोजना माथिल्ला तामाकोशी भएको उनको तर्क छ ।

४५६ मेगावाट आउने भएकाले १० यूनिटसम्म निःशुल्क दिने सकिने भइएको बताए । यसको लागि विद्युत चुहावट पनि न्यून गर्र्दै जाने तर्क गरे ।

आयोजनाको ३५ अर्ब नेट लागत मात्रै रहेको र त्यसको निर्माण अवधि ५ वर्षको त्यो अवधिमा ब्याज १४ अर्बको हाराहारीमा रहने बताए । उनले भने ‘नेट लागतमा ब्याज जोडिएको थिएन । ब्याज जोडदा ५० अर्ब हाराहारीको आयोजना थियो । भूकम्पले २ वर्ष बन्द र लकडाउनले ५,७ महिना प्रभावित भएको हो ।’


क्लिकमान्डु