पूर्वनिर्धारित उद्दार उडान तालिका परिर्वतन, यस्तो छ नयाँ तालिका



काठमाडौं । नेपाल एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीलाई उद्दार गर्ने उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।

नेपाल वायुसेवा निगमका अनुसार उद्दार भइ आउने नेपालीहरुले अनिवार्यरुपमा पीसीआर परीक्षणको रिपोर्ट आवश्यक पर्ने भएकाले उक्त रिपोर्ट आउनका लागि केही समय लाग्ने भएकाले उडान तालिका संशोधन गरिएको हो ।

निगमका अनुसार उडान तालिका यात्रुको उपलब्धताका आधारमा परिवर्तन हुन सक्नेछ भने उद्दार उडानका लागि कम्तीमा ८५ प्रतिशत अकुपेन्सी हुनुपर्नेछ । यात्रु कम भएमा वा प्रतिकुल कारण भएमा उडान तालिका परिर्वतन वा रद्द हुन सक्नेछ । यात्रुहरुले अनिवार्यरुपमा पीसीआर वा आरडीटी परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने हुन्छ ।

 


क्लिकमान्डु