दुबई-काठमाडौं उडानका लागि एयर अरेबियाको ५ सय डलर प्रस्तावित भाडादर मन्त्रालयद्वारा अस्वीकार



काठमाडाैं । तोकिएको भाडा दरभन्दा बढी भाडा लिएर एयर अरविया नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले उडान रोकिदिएको छ ।

अरबियाले दुवई काठमाडाैंका लागि ५ सय डलर लिएर दुवई काठमाडाैं उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महगो भएको भन्दै प्रस्ताव अस्वीकार गरेका हुन् ।

मन्त्री भट्टराईले नेपालीहरुको उद्धारको लागि नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गदै सस्तोमा पनि उडान भर्न तयार भएको बताउदै नेपाल एयलाइन्सको भन्दा सस्तोमा जुनसुकै एयरले पनि नेपालीहरुलाई उद्धार गर्नमा कुनै रोकतोक नभएको बताए ।

नेपाल एयरलाइन्सको दुबई काठमाडाैंको भाडा दर भने ३६० डलर कायम गरिएको छ । एयर अरवियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुवईबाट काठमाडाैं लिएर आएको थियो ।


क्लिकमान्डु