सलाम एयरले ल्यायो ओमानबाट १६६ जना नेपाली



काठमाडौं । ओमानबाट १६६ यात्रु काठमाडौं आइपुगेका छन् । सलाम एयरको जाहाज सोमबार काठमाडौं आइपुगेको हो ।

कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेका नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासको सहकार्यमा नेपालीहरुलाई सस्तो दरको टिकमा काठमाडौं ल्याएको एयरलाइन्सले जनाएको छ ।

बिपतको घडीमा व्यवसायिक मुनाफाभन्दा पनि सेवाको भावनाका साथ अघि बढ्न प्रतिबद्ध सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिनका लागि प्रतिबद्ध रहेको बताएको छ ।

सलाम एयर नेपालमा आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परे पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कैठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।


क्लिकमान्डु