नेप्सेले भन्यो : धितोपत्र बोर्डको निर्णयका कारण सेयर बजार खुलेन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले धितोपत्र बोर्डको निर्णयको कारण सेयर बजार असार १ देखिपनि बन्द रहने सूचना जारी गरेको छ ।

नेप्सेले धितोपत्र बोर्डबाट सरकारले गरेको लकडाउनको समयमा बजार बन्द गर्न निर्देशन प्राप्त भएको हुँदा आगामी बिहीबारसम्म सेयर कारोबार बन्द हुने जनाएको छ ।

यसकारण खुल्दैन सोमबारदेखि सेयर बजार, बोर्ड भन्छः लगानीकर्ताका पनि कमजोरी !

सरकारले लकडाउन खुकुलो बनाएपनि धितोपत्र बोर्डले लगानीकर्ता संगठनको दवावको कारण सेयर कारोबार नखोल्ने निर्णयमा पुगेको हो ।

सेयर बजार पसल जस्तो नभएको कारण बजार नखोल्ने निर्णय भएको ढुंगानाले क्लिकमाण्डूसँग बताएका थिए । उनले बजार नखोल्नुको कारण नेप्से पनि जिम्मेवार रहेको बताएका थिए ।


क्लिकमान्डु