यसकारण खुल्दैन सोमबारदेखि सेयर बजार, बोर्ड भन्छः लगानीकर्ताका पनि कमजोरी !



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सोमबारदेखि सेयर बजार नखुल्ने बताएका छन् ।

यसअघि ३२ गते (आज)सम्मको लागि धितोपत्र बजार बन्द गरेको थियो । पछिल्लो समयमा लकडाउन सहज भएसँगै बजार खोल्न सबै सरोकारपवाला पक्षबाट आग्रह भइरहेपनि बोर्ड भने बजार नखोल्ने पक्षमा देखिएको छ ।

‘धितोपत्र बजार भनेको पसल खोले जस्तो होइन, यसको लागि सिस्टम तयार हुनुपर्छ, लगानीकर्ता तयारी आवस्थामा रहनु पर्छ अनि मात्रै खोलिन्छ’ ढूंगानाले भने ‘अहिले नेप्सेको सर्किट ब्रेकर सिस्टम परिवर्तन भएको छ, त्यसलाई मिलाउनु पर्छ, समय घटाइएको छ, त्यो पनि मिलाउनु पर्छ, यो सबै मिलाउन बाँकी नै छ ।’

अहिले बजार खोल्ने भनेपनि लगानीकर्ताले ब्रोकरलाई बैंकको विवरण नदिएकाे बताइ । यस्तै सबै कनेक्ट आईपीएसमा नगएका जस्ता कारण बजार खुल्न नसक्ने उनको तर्क छ । अध्यक्ष ढुंगानाले बजार कसरी र कहिले खोल्न सकिन्छ भनेर नेपाल स्टक एक्सचेन्जलाई सोधेको बताए । नेप्से कहिलेसम्म तयार हुन्छ त्यो हेरेर पनि बजार खुल्ने विषयमा थाहा पाउन सकिने बताए ।

बोर्ड अध्यक्षले सर्किट ब्रेकर, कारोबारको समयलाई देखाएर बजार बन्द हुने भनेपनि सर्किट ब्रेकर, कारोबारको समय सिस्टममा गएर २ मिनेटमा मिलाउन मिल्नै नेप्सेको तर्क छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा सञ्चलाक समितिको बैठक जारी रहेको छ ।


क्लिकमान्डु