हवाई उडान असार २१ गतेसम्म बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले हवाई उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । पर्यन सचिव केदारबहादुर अधिकारीका अनुसार मन्त्रिपरिषदको निर्णय अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको रोक बढाइएको हो ।

कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले चैतको पहिलो साता नै हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ । यद्यपि सरकारले लकडाउन खुकुलो बनाएपछि आन्तरिक हवाई उडान सञ्चालन हुने अपेक्षा गरिएको थियो ।


क्लिकमान्डु