विद्युतीय गाडी उत्पादन गर्नेलाई सरकारले निश्चित तहको संरक्षण दिन्छः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमै विद्युतीय गाडी उत्पादनका लागि निश्चित संरक्षण दिने बताएका छन् ।

नेपालमा केही कम्पनीहरु संरक्षण पाएमा लगानीकर्ता आउन खोजेको बताउँदै केही लगानीकर्ताहरु लगानी बोर्डमा दर्ता समेत भइसकेको बताए ।

उनले यस्ता क्षेत्रमा निश्चित तहको संरक्षण नदिने हो भने इन्डक्सन चुल्होको उत्पादन गर्न गाह्रो हुने बताए ।

‘यसमा धेरै बहस गर्नु उपयुक्त छैन, हामीलाई प्रदुषण घटाउनु पर्नेछ भने आफ्नै उत्पादन प्रयोग गरौं र सार्वजनिक गाडीको प्रयोग बढाउनुपर्छ,’ उनले भने ।

आफ्नो उत्पादन गर्नका लागि संरक्षण चाहिने बताउँदै फर्निचर उत्पादन बढाउनका लागि आयात घटाउनु पर्ने उनले बताए ।


क्लिकमान्डु