क्वारेन्टिन बनाउन हानले सरकारलाई बुझायो होटलको लिस्ट, एउटा कोठाको मूल्य ८ हजारसम्म (लिस्टसहित)



काठमाडौं । होटल संघ नेपालले क्वारेन्टिन बनाउनका लागि सरकारलाई १२७ वटा होटलको नाम दिएको छ । काठमाडौं, भैरहवा र चितवनमा क्वारेन्टिमा बनाउन मिल्ने होटलको नामावली पेश गरेको हो ।

जसमध्ये पर्यटक स्तरीय होटलदेखि ५ तारे होटलसम्मको नामावली समावेश गरिएको छ । हानका महासचिव साजन शाक्यका अनुसार हानले न्यूनतम २ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँ मूल्य तोकिएको जानकारी दिए ।

उनका अनुसार पर्यटक स्तरीय होटलको सिंगल रुमको ३ हजार, सेयरिङ रुमको २ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, एकतारे होटलका सिंगल रुमको ४ हजार, सेयरिङ रुमको २५ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी २ तारे होटलको सिंगल रुमको ४ हजार, सेयरिङ रुमको ३५ सय रुपैयाँ तोकिएको छ भने ३ तारे होटलमा सिंगल रुमको ६ हजार र सेयरिङ रुमका लागि ५ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी ४ तारे होटलमा क्वारेन्टिनका लागि सिंगल रुमको ८ हजार रुपैयाँ र सेयरिङ रुमको ५५ सय रुपैयाँ तोकिएको छ ।

यसअघि सरकारले जारी गरेको निर्देशिकामा स्वास्थ्यकर्मीका क्वारेन्टिनमा राख्नका लागि प्रतिदिन प्रतिव्यक्ति २ हजार रुपैयाँ उपलब्ध गराउने भनेको थियो । उक्त मूल्यमा क्वारेयन्टिनका लागि कोठा उपलब्ध गराउन नसक्ने हानको स्पष्ट पारेको थियो । विशेष गरी तारे स्तरका होटलहरुले उक्त मूल्यमा खाना र बस्नको व्यवस्था गर्न नसकिने बताएका थिए ।







क्लिकमान्डु