टर्कीका ब्यवसायीलाई नेपालमा लगानी गर्न पर्यटन मन्त्री भट्टराईको आग्रह



काठमाडौं । टर्कीका ब्यवसायीलाई नेपालमा लगानी गर्न सरकारले आग्रह गरेको छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरका हुन् ।

भर्चुअल बैठकमा मन्त्री भट्टराईले नेपालमा लगानी गर्ने प्रशस्तै अवसर भएको भन्दै अहिलेको संसदमा बहुमतले बनेको वर्तमान सरकार समृद्धि र विकासको लागि प्रतिबद्ध भएको बताए । उनले सरकारको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकोले समृद्ध नेपाल बनाउन ब्यवसायीलाई आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा ब्यक्त गरेका छन् । बैठकमा टर्कीका बैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक ,नेपालमा टर्कीका राजदूतसकिर ओजान टोरुनलर, व्यापार परिषद अध्यक्ष मुस्तफा अकिनसीलर सहभाागी भएका थिए ।


क्लिकमान्डु