विदेशबाट नेपाली उद्दार गर्न सरकारले तोक्यो भाडा, कुन देशबाट कहिले हुन्छ उडान ?



काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली ल्याउनका लागि हवाई भाडा तय गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा बसेको बैठकले भाडा तय गरेको हो ।

यसअघि हङकङ र जापानमा भएको चार्टर्ड उडानमा महंगो भाडा लिएकोमा चर्को विरोध भएपछि सरकार आफैले विश्वका विभिन्न गन्तव्यबाट नेपाल आउनका लागि भाडा तोकेको हो ।

मन्त्रालयका अनुसार हाल विभिन्न गन्तव्यबाट काठमाडौंसम्मका लागि ६७ वटा उडान तय गरिएको छ । जसमा विभिन्न देशमा रहेका नेपालीहरुलाई सरकारले उद्दार गरी ल्याउनेछ ।

जसमा नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्सले १९ र २४ वटा विदेशी एयरलाइन्सले नेपाली नागरिकलाई उद्दार गरी नेपाल ल्याउनेछन् । जसमा पहिलो चरणमा झण्डै २४ हजार नेपाली काठमाडौं आउनेछन् ।

मन्त्रालयले तोकेको भाडामा सबैभन्दा कम बंगलादेशबाट काठमाडौं आउनका लागि १६५ अमेरिकी डलर तोकिएको छ भने सबैभन्दा बढी लन्डनबाट आउनका लागि १ हजार ३४० डलर टिकट खर्च लाग्नेछ ।

यात्रुका लागि पीसीआरको नेगेटिभ रिपोर्ट आएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

कहाँबाट कहिले हुन्छ उडान
सरकारले जेड २९ गते कुवेतबाट २ उडान गर्नेछ । त्यस्तै जेठ ३२ गते बंगलादेश, असार १ गते माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट उडान हुनेछन् ।

त्यस्तै, असार २ गते युएई, कतार, कुवेत, श्रीलंका र माल्दिभ्सबाट उडान हुनेछ । असार ३ गते अष्ट्रेलिया, थाइल्याण्ड, बहराइन, बंगलादेश, कतार र अमेरिकामा उडान हुनेछ ।

असार ४ गते साउदी अरब, यूएई, मलेसिया र ओमनमा उडान हुनेछ । असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियामा उडान हुनेछ । त्यसैगरी असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश, युरोपियन युनियनमा रहेका नेपाली ल्याइनेछ ।

असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत र मलेसियाबाट असार ८ गते अष्ट्रेलिया, थाइल्याण्ड, पाकिस्तान र कतारबाट उडान हुनेछ भने असार ९ गते जापान, माल्दिभ्स, युएइ, युगान्डा र असार १० गते साउदी अरब, कुवेत र असार ११ गते साइप्रस र इजरायलबाट उडान हुनेछ ।

 

गन्तव्य अनुसारको भाडा (डलरमा)

दमाम(साउदीअबर)- ५९०

रियाद – ६३०

जेद्हा – ७७०

जोर्डन – ८१५

साइप्रस – ८७५

नारिता – ९३५

खार्तुन(सुडान)- ९४०

फ्रयाङकफर्ट- १२५५

लन्डन -१३४०

बांगलादेश -१६५

नयाँ दिल्ली – २०५

मुम्बइ -३१०

बैगलोर- ३३५

बैंकक -३९०

कम्बोडिया -४००

दुबइ- ५००

आवुदाबी- ५००

सारजाह- ५००

माल्दिभ्स -५०५

ओमन- ५१०

क्वाललम्पुर-५२०

दोहा -५४५

बहराइन- ५४५

हङकङ- ५५०

कुवेत – ५७०


क्लिकमान्डु