विदेशबाट नेपाली उद्दारका लागि हुने उडान दिउँसो ३ बजेभित्रै आइपुग्नु पर्ने



काठमाडौं । सरकारले विदेशबाट नेपाली नागरिकलाई उद्दार गरी काठमाडौं आउने उडान दिउँसो समयमा मात्रै हुन पर्ने निर्णय गरेको छ।

‘उद्दार उडान गर्ने एयरलाइन्सले काठमाडौं आउँदा दिउँसोको ३ बजेभित्रै अवतरण गर्ने गरी आउनु पर्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पाखरेलले भने, ‘३ बजेपछिको समयमा अवतरण अनुमति जारी हुँदैन।’

उद्दार गरी ल्याइएको नागरिकको व्यवस्थापनमा सहजताका लागि यस्तो निर्णय गरिएको उनले जानकारी दिए।

उद्दार गरेका नागरिकलाई सुरक्षित तवरमा होल्डिङ सेन्टरमा लगी व्यवस्थापन गर्न रातको समयमा असहजता हुने भएपछि यस्तो निर्णय गरिएको उनको भनाइ छ । केही दिनअघि मात्रै युएईबाट उद्दार गरेर ल्याएइका १६९ जना नेपाली नागरिक र अष्ट्रेलियाबाट आएका ११ जनाको व्यवस्थापनमा रातको समय परेका कारण असहजता भएको थियो ।


क्लिकमान्डु