संसदसँग रिसाए अर्थमन्त्री, भने- व्यवसायीसँग नाम जोडेर मेरो निष्ठामा आँच आउने प्रश्न नगर्नु



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको संसद एमसीसी र चकलेटमय भएको भन्दै असन्तुष्टि पोखेका छन् ।

बुधबार प्रतिनिधिसभामा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले बारम्बार चकलेटको कुरा गरेको प्रति गुनासो गरे ।

उनले आव २०७१/७२ देखि अघिल्लो आवसम्म ३० प्रतिशत नै रहेको र चालु आवको बजेटमा ४० प्रतिशत बनाइएको थियो, आगामी आवको बजेटमा ३० प्रतिशतमा झारेको जानकारी गराए ।

‘चकलेटमा अझै पनि ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भिएटी गर्दा पनि अहिले इफेक्टिभ ६६ प्रतिशत कर लाग्ने जानकारी गराए । उनले चकलेट पनि खाद्य वस्तु भएकोले यसको कर किन बढाउनु भनेर आगामी आवमा ३० प्रतिशतमा झारेको बताए ।

‘योभन्दा अघि ३० प्रतिशत राख्ने यसअघिका अर्थमन्त्रीले कुनै समूहसँग मिलेर ल्याएका हुन त?’ भन्दै प्रश्न गरेका छन् ।

उनले अहिले पनि अन्तशुल्क र भिएटी सहित ५४ प्रतिशत इफेक्टिभ कर लाग्ने स्मरण गराए । यस्ता विषयमा प्रश्न गर्दा मान्छेको निष्ठामा प्रश्न उठ्ने गरेको स्मरण गराए ।

सामान्य परिमार्जन गर्दा व्यक्तिको निष्ठा र व्यवसायी घरानासँग जोडेर हेरिएको भन्दे असन्तुष्टि जनाए ।


क्लिकमान्डु