एनएमबि बैंकमा भाइवर र फेसबुकबाट खाता खोल्दा नगद फिर्ता पाइने



काठमाडौं । एनएमबि बैंकमा भाइवर र फेसबुक म्यासेञ्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ कारोबारमा १० प्रतिशत छुट वा ५०० रुपैयाँसम्मको नगद फिर्ता पाइने भएको छ ।

बैंकले दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था दिने जनाएको छ ।

यसयोजना अन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहकवर्गका लागि सावधानीपूर्वक मोबाइल बैंकिङ सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरिएको छ ।

डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहक वर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता छ र हामी घरमै बसी ढुक्कसँग बैंकिङ गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख भएको बैंकको भनाइ छ ।

ग्राहकवर्गलाई बैंकिङ अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकै प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको हो ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको शुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय सेवाहरु छनौट गर्न सहयोग पुर्याउने सुरक्षित वातावरण तयार पार्नु हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु