पर्यटन क्षेत्रलाई १ खर्ब ५० अर्बको राहत प्याकेज: मन्त्री भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना कारण पर्यटन क्षेत्रमा परेको असर न्यूनिकरणको लागि १ खर्ब ५० अर्ब रूपैयाँको पुनरुत्थान कर्जाको व्यवस्था गरेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विद्येयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट बढी प्रभावित रहेको पर्यटन क्षेत्रका लागि सरकारले राहत तथा पुनरुत्थानका लागि १ खर्ब रुपैयाँको पुनरुत्थान कर्जा र  ५० अर्ब रुपैयाँको पुनरुत्थान कोषको  व्यवस्था रहेको जानकारी गराए । उक्त कोषमा रहेको पैसा ५ प्रतिशत ब्याजमा चलाउन पाउने बताए ।

‘नेपालमा कोरोनाको असर नदेखिएको हुँदो हो त पर्यटकको बसाई १२.४ दिनबाट १४ दिन पुर्याउने, ४४ डलर खर्च गर्ने क्षमतालाई ८० डलर पुर्याउने लक्ष्य रहेकोमा कोरोनाले त्यो लक्ष्यमा पुग्न नसकिएको बताए ।

मन्त्री भट्टराईले आगामी दिनमा आन्तरिक पर्यटन प्रबर्द्धनमार्फत होमस्टेको सूचारु गर्नुपर्नेमा जोड दिने दिए ।

उनले पर्यटन क्षेत्रका कर्मचारीहरुको सामाजिक सुरक्षा कोषको भुक्तानीमा राज्यले सहयोग गर्ने, पर्यटन व्यवसायमा ५ प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण दिने, हवाई इन्धनमा कायम भएको पूर्वाधार  कर हटाएको, हवाई जहाजको ल्याण्डिङ र पार्किङ शुल्कमा छुट दिएको बताए ।

यस्तै साना तथा मझौला पर्यटन व्यवसायलाई पुनरुत्थानका लागि २० करोड बजेटको समेत व्यवस्था गरेको उनको भनाइ छ ।


क्लिकमान्डु