सोमबार सूनको मूल्य प्रतितोला १ सयले बढ्यो
काठमाडौं । सोमबार सूनको मूल्य १ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँ रहेकोमा सोमबार प्रतितोला ८७ हजार मूल्य ५ सय रुपैयाँ पुगेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साढे २ महिनापछि आइतबार महासंघले सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ सार्वजनिक गरेको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले लकडाउन घोषणा गरेपछि लामो समयसम्म सूनको मूल्य महासंघले सार्वजनिक गरेको थिएन् ।
यसैगरी सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँ पुगेको छ ।