आईडीपीद्वारा विद्युतीय प्रणाली कार्यालय सञ्चालन, विद्यार्थीले घरमै बसेर जानकारी लिन सक्ने



काठमाडौं । आईडीपी एडुकेशनले विद्युतीय प्रणाली कार्यालय सञ्चालनमा ल्याएको छ । यसबाट नेपालमा रहेका र विदेशमा आफ्नो शिक्षा हासिल गर्न तत्पर रहेका नेपाली विद्यार्थीलाई घरमै बसी आईडीपीका शैक्षिक परामर्श विज्ञसँग जोडिने मौका पाउनेछन् ।

यो प्रणालीबाट प्रवाह हुने सेवाले सम्पूर्ण इच्छुक विद्यार्थीलाई घरमा बसी अनलाइनमार्फत सेवा लिन सक्नेछन् । जसमा विद्यार्थी तथा अभिभावकले आवश्यक जानकारी दिन सक्नेछन् ।

आईडीपीका दक्षिण एशियाका सञ्चालक पियुष कुमारले आईडीपीको विद्युतीय प्रणाली सेवा थप प्रभावकारी हुने बताए ।

‘हामीलाई थाहा छ, विदेशमा गएर पठनपाठन गर्नु भनेको समग्र विद्यार्थीका साथ साथै उनीहरुका सम्पूर्ण परिवारका लागि समेत जीवनको एउटा मुख्य निर्णय हो, यो महामारीको समयमा विद्युतीय प्रणालीको कार्यालयले हामीलाई सबैसँग जोडिन सहयोग गरेको छ,’ उनले भने ।

आईडीपीको विद्युतीय प्रणालीद्वारा सञ्चालित कार्यालय आइतबारदेखि शुक्रबार सम्म १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालित हुनेछ । यसबीच सम्पूर्ण इच्छुक विद्यार्थीले दक्ष कोउन्सिलरसँग विशेष रुपमा जोडिन सक्नेछन् ।

विदेशमा पठनपाठनको मार्ग, विश्वविधालयहरुले प्रदान गर्ने अवसर, विभिन्न कोर्सहरुको विषयमा, भिसा आवेदनसँग सम्बन्धित विषयमा, छात्रवृत्तिसँग सम्बन्धित विषयमा, पढाइपछि काम गर्न अवसरका साथ साथै अन्य थुप्रै विषयहरुमा छलफल गर्न सकिने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु