आइतबारदेखि सुनचाँदी पसल आंशिकरुपमा खुल्ने
काठमाडौं । आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित हुने भएको छ । सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने निर्णय गरेको हो ।
चैत ११ गतेदेखि लकडाउन भएसँगै सुनचाँदीको कारोबार हुन सकेको छैन । अब सुनचाँदीको दरभाउ प्रकाशित भएसँगै कारोबार शुरु हुने अपेक्षा गरिएको छ ।
‘अहिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रिया शुरु भएकाले सोहीअनुसार विभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिका/नगरपालिका/गाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा ब्यवसाय सञ्चालनगर्न पाउने ब्यवस्था गरे अनुसार सुनचाँदी ब्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने भएको छ,’ महासंघले भनेको छ ।
यसर्थ हालसम्म स्थगन गरिएको दरभाउ यस महासंघले मिति २०७७ जेठ २५ गते आइतबारदेखि पुनः प्रकाशित गरिने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए ।