सिटी एक्सप्रेस मनी ट्रान्सफरले गर्यो अभिकर्ताको कोरोना बीमा
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना अभिकर्ताहरुको कोरोना बीमा गराएको छ ।
कोरोनाको संक्रासको समयमा पनि थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी अभिकर्ताहरुको बीमा गराइएको मनी ट्रान्सफरले जानकारी गराएको छ ।
एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सmफरले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्े«लिया, युके, अमेरिका लगायत थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८००० भन्दा बढी सेवा केन्द्रहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।