पारामाउन्ट मोटर्सले ग्राहकले अग्रिम बुकिङ्ग गरेकाे मुल्यमा विद्युतीय गाडी दिने



काठमाडौं । पारामाउन्ट मोटर्सले ग्राहकले अग्रिम बुकिङ्ग गरेका १२० वटै विद्युतीय सवारी साधन बुकिङ्ग मुल्यमा नै आफ्ना ग्राहकलाई दिने जनाएको छ ।

यसमा नयाँ भन्सार दरबाट पर्न आउने कुनै पनि असर नपर्ने जनाएको छ । कम्पनीले बढेको करबाट अनावश्यक फाइदा लिन खोजेको जारी विज्ञप्तिमा उल्लेख छ ।

पारामाउन्ट मोटस प्रा. लि. का जनरल म्यानेजर सचिन अर्यालले भने, ‘एमजी मोटर्सका गाडी नेपाल भित्र्नु र बजेट भाषणसँग यसको कुनै सम्बन्ध नरहेको पनि यहाँहरु समक्ष जानकारी गराउन चाहान्छौं ।

हामीले सम्पूर्ण प्रक्रिया पुरा गरेर प्रतितपत्र अनुसार ड्राइ पोर्टमा पुगेका गाडीहरु भित्र्र्याएका हौं र हामी सधैं पारदर्शी नैतिक व्यवसाय गर्न समर्पित रहेको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं । साथै यो कम्पनी आफ्ना ग्राहकको हितमा समर्पित रहेर उच्च स्तरिय सेवा पुर्याउन सदैव कटिवद्द रहेको र रहिरहने पनि अवगत गराउछौं ।’

केहि महिना अगाडि ग्राहकले अग्रिम बुकिङ्ग गरेको आधारमा एमजी मोटर्सका विद्युतीय सवारी साधनको प्रतितपत्र (एलसी) खोलि आयात गरेको जानकारी गराएको छ । सोहि क्रममा ती सवारी साधनहरु नेपाल भित्रिन थालेको प्यारामाउन्टले जनाएको छ ।

विभिन्न समयमा खोलिएका प्रतितपत्र अन्तर्गतका सवारी साधन नेपाल ल्याउने क्रममा नेपाली सीमामा आईपुगेका र भन्सार छुटाउनु अघि ड्राइ पोर्टमा धेरै दिन कन्टेनरमा सवारी साधन राख्नु पर्दा ढिलाई भएको जनाएको छ । उक्त ढिलाइले क्षति शुल्क तिर्नु पर्ने हुनाले सधैं समयमै भन्सार छुटाई सवारी साधनलाई नेपाल भित्र्याउने गरेको र सोहि अनुसार सवारी साधन नेपाल भित्र्याएका जनाएको छ ।

प्यारामाउन्टका अनुसार कात्तिक २९ गते १५ वटा सवारी साधनका लागि एलसी खोलेर वैशाख १७ गते भन्सार छुटाएको, मंसिर १३ गते ३० वटा सवारी साधनको. एलसी खोलेर वैशाख १७ गते भन्सार छुटाएको र पुस ८ गतेको एसलीको जेठ ७ गते ७५ वटा गाडी जेठ ७ गते भन्सार छुटाएको जनाएको छ ।

कम्पनीको सबै सवारी साधन केहि महिना अगाडि नै नेपाल आई पुग्नु पर्ने तर कोरोनाका कारण ढिलाई भएको जनाएको छ । त्यसैले बजेटलाई मध्ये नजर गरि झिकाईएको भन्ने समाचार पनि गलत भएको जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले विभिन्न मितिमा सबै सवारी साधन चलान गरि नेपाल पठाएकोले त्यसरी नै नेपालमा प्राप्त गरेको र सोहि अनुसार भन्सार छुटाई नेपाल भित्र्याएको जनाएको छ ।


क्लिकमान्डु