फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि सुरक्षा मापदण्ड



काठमाडौं । फोनपे पेमेन्ट सर्भिस डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणिकरण प्राप्त गरेको छ ।

प्रमाणिकरणले फोनपेको दायरा अन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेको र भुक्तानगर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध रहेको देखिएको छ ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड  (पीसीआइ डीएसएस) भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिल (पीसीआई एसएससी) द्धारा अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो ।

कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण प्रक्रिया तथा डाटाहरुको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई रोक्दछ ।

फोनपेले पनि क्यिूएसए एसआईएसएको पूर्ण अडिटपछि यो पीसीआई डिएसएस अनुरुप रहेको पुष्टि गर्दै प्रमाणिकरण प्राप्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

फोनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले भने ‘फोन पे नेपालमा यस किसिमको प्रमाणिकरण प्राप्तगर्ने गैर कार्ड आधारित पहिलो पिएसओ हो । यसले पीसीआई डिएसएस अनुपालन गर्नका लागि आफैले आफैलाई प्रश्नावलीगर्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न सक्षम बनाउँछ ।

यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै डाटा उलंघनको जोखिमलाई हटाउँछ र कुनै पनि संदिग्ध उलंघनको छानविनको दायरा बढाइ संस्था तथा ग्राहकको वीत्तिय क्षतिको जोखिम हटाउँछ’ ।

फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु