महालक्ष्मी विकास बैंकले ल्यायो अनलाइन खाता सेवा सञ्चालनमा



काठमाडौं । महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ ।

बेंकले सञ्चालनमा ल्याएको सेवामा अन्तर्गत खाता खोल्न चाहने ग्राहकले बैंकमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको होे ।

जसमा खाता खोल्दा आवश्यक कागजात सजिलै पेश गर्न सकिने व्यवस्था रहेको छ । बैंकको वेवसाइटमार्फत महालक्ष्मी अनलाइन सेभिङमा सबै शाखामा खाता खोल्न सकिने व्यवस्था गरिएको छ ।

हाल बैंकले देशभर १०२ वटा शाखाबाट नै सजिलै खाता खोल्न सकिने बैंकले जनएको छ । बैंकले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सो सेवा सञ्चालनमा ल्याएको बताएको छ ।

जसमा अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी फारममा उल्लेख गरेको इमेल ठेगानामा पठाइनेछ । खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकहरुले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन् ।


क्लिकमान्डु