कुमारी बैंकले देवः विकासलाई प्राप्ती गर्ने प्रस्ताव पारित, स्वाव रेसीयो कति ?



काठमाडौं । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैंकको बिशेष साधारणसभाले देवः विकास बैंकलाई प्राप्ती गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न गरेको हो ।

बैंकको सञ्चालक समिति अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षता र सञ्चालक समिति सदस्यहरु व्यवस्थापनका अधिकारीको उपस्थीतिमा सम्पन्न सो बिशेष साधारणसभाले प्राप्तीको अन्तिम स्वीकृति प्रदान गरेको हो ।

जसमा प्राप्ती पश्चात् कुमारी बैंकको प्रतिकित्ता सेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता सेयर अनुपातमा सेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ । प्राप्ती पश्चात बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब रुपैयाँ र शाखाको संख्या २०९ हुनेछ ।


क्लिकमान्डु