सगुनले दोस्रो चरणमा ९० लाख डलरको सेयर निष्काशन गर्ने



अमेरिका । अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउनका लागि दोस्रो चरणको सेयर निष्काशन गरेको छ ।

विश्वभरका ५६ लाख प्रयोगकर्ता रहेको सगुनको अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोगले केही समयअघि विवरणपत्रलाई विक्रीयोग्य रकम तोकेको थियो ।

सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधरणलाई बिक्री गनेृछ । सगुनको सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तीमा ३० कित्ता (९ सय डलर)को सेयर खरिद गर्न सक्नेछन् ।

कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने पाउने गरी निष्काशन गरेको हो ।

सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिति आइपीओ प्रतिकित्ता २३ डलरका दरले निष्काशन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरका ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।

सगुनले मोबाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्ममा र एन्ड्रोइडमा सोसियल स्मार्ट कार्ड तथा वेव ब्राउजरका लागि वेव एप्लिकेसन सार्वजनिक गरेको छ ।

‘विश्वभरका लगानीकर्ताकाबाट पाएको सहयोग र विश्वासले उत्साहित छौं,’ संस्थापक गोविन्द गिरीले भने, ‘सगुनलाई फरक खालको सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नु भएको छ ।’

सगुनले अहिलेको सार्वजनिक निष्काशनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताबाट लगानी स्वीकार गरिने उल्लेख गरिएको छ ।


क्लिकमान्डु