हवाई इन्धनमा निगमले ३३ रुपैयाँ नाफा तोक्नु अस्भाविक छ, त्यसैले मान्दैनौंः वायुसेवा सञ्चालक संघ



काठमाडौं । वायुसेवा सञ्चालक संघले बजेटमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गरेको वित्तीय व्यवस्था मौद्रिक नीतिमै आउनुपर्ने माग गरेका छन् ।

पर्यटन क्षेत्रका लागि ५ प्रतिशत ब्याजदरमा कर्मचारीहरुको परिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि सरकारले ५० अर्बको छुट्टै कोष खडा गर्ने घोषणाको कार्यान्यवनमा समस्या हुन सक्ने भन्दै त्यसलाई मौद्रिक नीतिमा पनि सम्बोधन गर्नुपर्ने बताए ।

सार्वजनिक बजेटबारे विज्ञप्ती जारी गर्र्दै संघले आयकरको विवरण अनुसार २० प्रतिशत छुट दिने, पार्किङ शुल्क, नविकरण दस्तुर, उडान योग्यता दस्तुर, हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुटका घोषणाले पर्यटन क्षेत्रको व्यवसायीहरु धेरै हदसम्म लाभान्भित हुने भन्दै स्वागत गरेका छन् ।

संघले सरकारले बजेटमार्फत हवाई इन्धनमा पूर्वाधार कर छुट तथा थप भन्सार शुल्क नलाग्ने घोषणा गरेसँगै हवाई यात्रा केही सस्तो भए पनि भारतको तुलनामा दोब्बरभएको जनाएको छ ।

संघले नेपाल आयत निगमले हवाई इन्धनमा अझै पनि इन्डियन आयल निगमले प्रदान गरेको तुलनामा प्रतिलिटर ३३ रुपैयाँ नाफा लिएर प्रतिलिटर ६५ रुपैयाँ मूल्य तोक्नु अस्वाभिक रहेको हुँदा यसलाई स्वीकार नगर्ने बताएको छ ।

जसका लागि कोरोनाको कारण भएको असहज परिस्थीतिलाई मध्येनजर गर्दै हवाई इन्धनमा १० प्रतिशत मात्र नाफा राखि इन्धनको मूल्य समायोजन गर्न संघले माग राखेको छ ।


क्लिकमान्डु