सिटी एक्सप्रेस मनी ट्रान्सफर र गुवाभा पेबीच रेमिट्यान्स कारोबार शुरु



काठमाडौं । बेलायतको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी गुवाभा पे र सिटी एक्सप्रेस मनिट्रान्सबीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।

कम्पनीका अनुसार उपभोक्ताले बेलायतबाट मात्रै नभइ टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गबाट पनि गुवाभापे प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५ सयभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने वा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइलवालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशकचन्द्र टण्डन र गुवाभा पेका तर्फबाट निर्देशक तथा शेयरधनस् ओखान नाइसोभले हस्ताक्षर गरे ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलियाआदि थुप्रै देशमार्फत विप्रेषण सेवा प्रदानगर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ७ हजार ५ सयभन्दा बढी भुक्तानी काउन्टरबाट छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानी प्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु