भारतमा अर्को सातादेखि लकडाउन खुकुलो, धार्मिक स्थल खुल्ने, फिल्म हल बन्द



 भारतमा अर्कोसातादेखि लकडाउन खुकुलो हुने भएको छ ।

भारत सरकारले धार्मिकस्थल तथा ठूला मलहरु जुन ८ देखि खोल्ने निर्णय गरेको छ ।

आर्थिक गतिविधि बढाउनको लागि भारतको केन्द्र सरकारले जुन ८ देखि धार्मिक स्थल,होटल,रेष्टुरेन्ट,हस्पिटालिटी क्षेत्र र सपिङ मल खोल्नको लागि अनुमति दिइएको छ ।

तर,विद्यालय तथा स्कूल र कलेज भने खुल्ने छैनन् । यस्तै आन्तरिक यातायात तर्फ दिल्ली लगायत ठूला सहरमा मेट्रो खुल्ने छैन ।
कुन क्षेत्र खोल्ने र नखोल्नेमा थप निर्णय प्रदेश सरकारले पनि लिन सक्नेछन् । भारतले पछिल्लो समय आन्तरिक तर्फ हवाई उड्यन खोलेको छ भने श्रमिकलाई पठाउन रेल सेवा समेत खोलेको छ ।


क्लिकमान्डु