डिशहोमका २ ग्राहकले जिते १/१ लाख उपहार



काठमाडौं । डिशहोमका २ जना ग्राहकले १/१ लाख रुपैयाँ पुरुस्कार जितेका छन् ।

डिशहोमले वार्षिक रिचार्जकार्ड प्रयोग गर्ने ग्राहकमध्येबाट शुक्रबार २ जनालाई लक्की–ड्र मार्फत बिजेता घोषणा गरेको हो ।

‘डिशहोममा डिलर दाइको डिस्काउण्ड’ नामक योजना अन्तर्गत २०७७ जेठ ९ गतेदेखि १५ गतेसम्म फण्ड ट्रान्सफरबाट १ वर्षका लागि डिशहोमको रिचार्ज गर्ने ग्राहक नम्बर. 02558206289, 71902564302 लाई बिजेता घोषणा गरिएको छ ।

अन्य बिजेताहरुको नाम आगामी जेठ २३ गते शुक्रबार घोषणा गरिनेछ ।


क्लिकमान्डु