विद्युतीय सवारीमा ८० प्रतिशतसम्म कर बढ्यो



काठमाडौं । सरकारले विद्युतीय सवारी साधनमा व्यापाक कर बढाएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेटमा विद्युतीय सवारी साधनमा कर बढाइएको हो ।

जस अनुसार विद्युतीय सवारी साधनमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । जबकी यो शुल्क यसअघि १० प्रतिशत थियो भने भ्याट १३ प्रतिशत र सडक दस्तुर ४ प्रतिशत मात्रै कायम थियो ।

बजेट अनुसार ५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाइएको भने ५० देखि १०० किलोवाटसम्म मोटर जडान भएका सवारीमा ४० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।

त्यस्तै, १०० देखि १५० किलावाटसम्मका मोटर जडान भएका सवारीमा ५० प्रतिशत अन्तशुल्क लगाइएको छ । साथै १५० देखि २०० किलोवाट मोटर जडान भएका सवारीमा ६० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

त्यसैगरी २०० देखि ३०० किलोवाट क्षमताका मोटर जडान भएका सवारीमा ७० प्रतिशत र त्यसभन्दा माथि किलोवाट क्षमता भएका मोटर जडान भएका सवारीमा ८० प्र्रतिशत अन्तःशुल्क लाग्ने भएको छ ।


क्लिकमान्डु