एभरेष्ट, नबिल र नेपाल एसबीआई बैंकले सार्वजनिक गरे ब्याजदर, कसको कति ?



काठमाडौं । एभरेष्ट, नबिल र नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेपनि सबै बैंकको मुद्दति खातामा भने व्यक्तिगत तर्फ ८.२५ र संस्थागत तर्फ ७ प्रतिशत ब्याज रहेको छ ।

नबिल बैंकले बचतमा सबैभन्दा बढी ५ र सबैभन्दा कम ३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै एभरेष्ट बैंकले सबैभन्दा बढी ५.५० र सबैभन्दा कम ०.२५ प्रतिशत ब्याज दिने जनाएको छ ।

यता एसबीआई बैंकले सबैभन्दा बढी ५ र सबैभन्दा कम १ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।


क्लिकमान्डु